


राम अवतार चौधरी,कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका ३ नम्बर वडा कार्यालयले बालबालिका र विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । वडा भित्रका अति विपन्न गरिब, अभिभावक बिहिन ४० जना बालबालिकालाई शैक्षिक सामग्री र ६ वटा विद्यालयाई ट्राली स्पिकर, पंखा वितरण शुक्रबार गरिएको सहायक कम्प्युटर अपरेटर कमल पाण्डेले जानकारी दिए ।
वडा अध्यक्ष टेकलाल सापकोटाले पढन पाउने नैसर्गिक अधिकारलाई ध्यानमा राखी अभिभावक बिहिन तथा विपन्न परिवारका बालबालिकालाई संरक्षण गर्नुपर्ने बताए । उनीहरुको भविष्य उज्ज्वल बनाउने उद्देश्यले यो कार्यक्रम ल्याएको बताउँदै सबैको सम्मान पहुँच हुनुपर्ने वडाध्यक्ष सापकोटाले जनाए ।
उनले भने आफू निर्वाचित भए पश्चात् वडाका सबै विद्यालयहरुमा स्तरोन्नतीको सुरुवात गरेको जसमा पहिला खानेपानीलाई प्राथमिकतामा राखेका थियौँ । त्यस लगत्तै भवन, बाउन्डरी वाल र एउटै रङ रोगन लगायत गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूलाई तालिमहरु सञ्चालन गरका छौूँ । कुनै समय वडा कार्यालय भएको स्थानलाई स्मरण गर्दै विकास गर्ने बाचासहित चुनावी एजेन्डा बनाउनु पर्ने बाध्यता रहेको सापकोटाले बताए । वर्थिङ सेन्टर, कृषिजन्य उपकरण, लक्षित वर्ग समुदायलाई सीपमूलक तालिम तथा विकास निर्माणका संरचना लगायतको स्मरण समेत उनले गराए ।
बेवर भवानी आधारभूत विद्यालय मैनारका प्रधानाध्यापक देव बहादर जिसीले वडाले गरेको कार्य प्रशंसा गर्दै दिगो शिक्षण सिकाइका लागि उल्लेखनीय रहेको बताए । वडाले भिजन सहित शैक्षिक क्षेत्रमा लगानी गरेको कार्य प्रभावकारी भएको बताउँदै वितरण गरिएको सामग्रीले शैक्षिक गुणस्तरमा थप उर्जा मिल्ने समेत जिसीले जनाए ।
कार्य क्षेत्र भित्र रहेका आम सर्वसाधारणलाई जुनसुकै समयमा दुखमा परेलाई घरमै पुगी सहयोग गर्दै आएका छन् । आगामी समयमा समेत दुस्खी तथा विपन्न परिवारलाई आफूले सक्दो सहयोग गर्ने वडाध्यक्ष सापकोटाले प्रतिबद्धता जाहेर गरेका छन् । उक्त कार्यक्रमलाई श्यामलाल थारु, सीता पुन र राज कुमार ज्ञवाली लगायतले सम्बोधन गरेका थिए ।