लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

भोलि १२ औं कपिलवस्तु महोत्सवको समापनमा पूर्वमन्त्री बस्नेत कपिलवस्तु आउदै

कपिलवस्तु ।
१२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको समापन गर्न पूर्वमन्त्री महेश बस्नेत आउनुहुने भएको छ । नेकपा एमालेका सांसद तथा युवा नेता बस्नेत भोलि आईतबार महोत्सवको समापन गर्न कपिलवस्तु आउन लाग्नुभएको हो ।

भोलि दिउँसो १ बजे पूर्वमन्त्री बस्नेत महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु आउन लाग्नुभएको महोत्सवका निर्देशक समेत रहनुभएको कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छवि रेस्मी मगरले जानकारी दिनुभयो ।

समापन कार्यक्रमका लागी तीब्र रुपमा तयारी भईरहेको उहाँको भनाई छ । ‘माननीय महेश बस्नेत महोत्सवको समापन गर्न आईतबार दिउँसो १ बजे आईपुग्ने कार्यक्रम तय भएको छ, ऐतिहासिक रुपमा समापन गर्ने गरि तयारी गरेका छौं ।’ उहाँले भन्नुभयो ।

महोत्सवको उद्घाटन नेपाल सरकारका गृहमन्त्री बाल कृष्ण खाँणले गर्नुभएको थियो । गृहमन्त्री खाँणले चैत्र ३ गते महोत्सवको उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation