वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्दै

काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक शुक्रबार सुरु भएको हो। बैठकमा गत फागुन २९ गते सुरु भएको एक महिने चुनावी घरदैलो अभियानको समीक्षा पनि भइरहेको छ।

शुक्रबारदेखि शुरु भएको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले आगामी स्थानीय तह चुनावमा तालमेल गर्ने विषयमा चासो राखेका थिए। सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आबद्ध दलहरुसँग तालमेल गरेर चुनावमा जाने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। तर पार्टीको संस्थापन इतर समूहका नेताहरु भने चुनावी तालमेलको विरोधमा देखिन्छन्।

बैठकमा बोल्ने नेताहरुले गत स्थानीय तह निर्वाचनमा गरिएको चुनावी तालमेलबाट पार्टीलाई धोका भएको बताउने गरेका छन्। कतिपय नेताले गठबन्धन गर्दै जाँदा पार्टी नै पतनको बाटोमा जाने भन्दै सभापति देउवाको ध्यानाकषर्ण गराएका छन्। यो केन्द्रीय कार्य समिति बैठकले चुनावी तालमेलबारे पनि निर्णय लिने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation