लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

हावाहुुरी र सुुक्खा मौसम सँगै आगलागी र डढेलोका घटनामा वृद्धि

काठमाण्डौ ।
हावाहुरी र सुक्खा मौसम सुरु भएपछि आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । हरेक दिन आगलागी र १०/१२ ठाउँमा डढेलोका घटना भइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।हिजो एकैदिन रामेछाप, सर्लाही र दोलखामा भएको आगलागीमा ३८ वटा घरगोठ जलेका छन् । रामेछापमा २२ वटा घरगोठ, सर्लाहीमा १४ घर र दोलखामा दुई घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका–८ सल्लेरीको तीनदोबान भिरपाखा, सिन्धुलीको सिन्धुलीमाडी सामुदायिक वनमा डढेलो लागेको छ । यसवर्ष ७७ वटा जङ्गलमा डढेलो लागेको छ । घर तथा जङ्गलमा भएको आगलागीबाट यसवर्ष मात्रै ८८ जनाले ज्यान गुमाएका छन् भने तीन सय ६८ जना घाइते भएका छन् । यी घटनामा २६ सय ६७ परिवार प्रभावित भएका प्राधिकरणको तथ्याङ्क छ । झन्डै साढे दुई अर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ ।

अघिल्लो वर्ष चैत लागेसँगै नेपालका सयौँ ठाउँमा एकै पटक डढेलो लागेको थियो । एकैदिन पाँच सयभन्दा धेरै ठाउँमा डढेलोका घटना भएका थिए । डढेलोकै कारण फैलिएको प्रदूषणले पोहोर यो बेला चार दिन विद्यालय समेत बन्द गरिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले अघिल्लो वर्षको तुलनामा अहिले कम डढेलो लागेको भए पनि जोखिम कायमै रहेकोले सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयो ।

डढेलोको प्रकोपका हिसाबले गएको वर्ष दशकौँयताकै सबैभन्दा खराब वर्ष मानिन्छ । आगलागी तथा डढेलो लाग्न नदिन व्यक्ति र समुदाय नै सचेत हुनुपर्नेमा उहाँको जोड छ । आगोको सानो झिल्कोले ठूलो क्षति पुर्याउने भएकाले लापरबाही नगर्न, घाँसको लोभमा जङ्गलमा जानीजानी डढेलो नलगाउन पनि उहाँको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation