हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

सर्लाहीको फूलजोर खोला पुलबाट बस खस्दा चारजनाको ज्यान गयो

काठमाडौं ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फूलजोर खोला पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ। वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस आइतबार बिहान करिब ११ : १५ बजेतिर पुलबाट तल खसेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ।

दुर्घटनामा परी ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए। उनका अनुसार घाइतेहरुको लालबन्दी र रानीगंजका स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ।

मृतकहरुको पहिचान खुलिनसकेको डिएसपी बुढाथोकीले बताए। बसको अगाडिपट्टिको टायर पड्किएर अनियन्त्रित हुँदा पुलबाट खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation