हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

वैज्ञानिक भाडादर लागू नगरे आफै बृद्धि गर्ने यातायात व्यवसायीहरुको चेतावनी

बुटवल ।
यातायात व्यवसायीहरुले वैज्ञानिक भाडादर लागू नगरे आफै भाडा बृद्धि गर्ने चेतावनी दिएका छन् । दैनिक जसो तेलको मुल्य बृद्धि हुने, टायर, मुविल महँगिएको भन्दै उनीहरुले सरकारले वैज्ञानिक भाडादर लागू नगरेकोमा आक्रोश पोखेका हुन् ।

यातायात प्रालि बुटवलको प्रथम साधारण सभा तथा अधिवेशनको अवसरमा आइतबार बुटवलमा बोल्दै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष डिल बहादुर ढुङ्गानाले सरकारलाई आफूहरुले दिएको अल्टिमेटम सकिएको र यही १५ गतेसम्म भाडा समायोजन नभएमा लुम्बिनी प्रदेशमा आफै भाडा तोक्न बाध्य हुने चेतावनी दिए ।

उनले अन्य केही प्रदेशका पनि यस्तै तयारी भइरहेको बताउँदै भाडादर समायोजनमा सरकारले ध्यान नदिएको आरोप लगाए । उनले कोभिडका कारणले दुई वर्षसम्म सवैभन्दा धेरै नोक्सान व्यहोरेको यातायात व्यवसायीहरु अहिले झन् तेल लगायतको मुल्य बढेको छ । त्यसैले सरकारले भाडा बृद्धि नगरे आफै गर्नै बाध्य हुने छौं ।’

कार्यक्रमा पूर्व अध्यक्ष डिल बहादुर थापा, अधिवक्ता जीव नारायण अधिकारी, प्रेस सल्लाहकार खिमानन्द भट्टराई, कोषाध्यक्ष ज्ञान बहादुर सार्की, व्यावसायी मधु अर्याल लगायतले सिन्डिकेट, कोरोना र बैंकहरुको ब्याजदर बृद्धिले व्यवसायीहरु चरम मारमा परेको गुनासो गरेका थिए । आइतबार नै नयाँ नेतृत्व चयन गरिने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation