


ढोडेकोल टोल बिकास संस्थाले गर्यो डेंगु नियन्त्रणका लागि : लार्भा खोज र नस्ट गर अभियान । जन प्रतिनिधि स्वयंसेबिका आमा समुह टोलबिकाश संस्था र टोल बासी को उपस्तिथि मा डेंगु सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको । उत्त कार्यक्रममा बोल्दै वाड सदस्य शैलेन्द्र बेल्बासेले डेंगु संक्रमित लामखुट्टेको टोकाइ बाट लाग्ने हुनाले यश बाट बच्नको लागि लामखुट्टे र लार्भा नस्ट गर्नु नै बच्ने प्रमुख उपाय हो भन्दै । लामखुट्टे ले पानी मा अण्डा पार्ने हुनाले आफ्नो घर वरिपरि पानी जम्न नदिने फुल गमलामा ४,५दिनको अन्तरमा पानी फेरिदिने पानी जमेको ठाउमा मट्टीतेल राखिदिने आफ्नो घर वरपर सफा राख्न जन समुदाय लाई सुसूचित गर्नु भएको थियो ।यो कार्यक्रम वाड भित्रका प्रत्येक टोलमा यसैगरी समुदाय स्तरमा सचेतना मुलक कार्यक्रम गरिने ।जानकारी दिदै वाड सदस्य बेल्बासेले सबै जन समुदायलाई आफ्नो घर गाउँ टोल सफा राखी साफा र सुन्दर वाड बनाउने अभियानमा लाग्न सबैमा अपिल गर्नुभयो ।