


भदाै ३०, २०८०
गाेपाल बन्जाडे
कपिलवस्तु।नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष , संसदीय दलका उपनेता ,संविधानसभा अध्यक्ष/सभामुख प्रतिनिधि सभा सदस्य ,वरिष्ठ अधिवक्ता कमरेड सुभाषचन्द्र नेम्बाङको स्मृतिमा शाेक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले शिवराज नगर कमिटीको आयोजनामा नगर पार्टी कार्यालय चन्द्रौटामा शाेक पुस्तिका राख्ने , दिंवगत नेताकाे तस्बिरमा फुल अबिर तथा माल्यापर्ण गर्ने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारीकाे प्रमुख आथित्यता , नेकपा एमाले जिल्ला सचिवालय सदस्य टाेपलाल पाेखरेल , जिल्ला सदस्य दाेर्णराज अधिकारी ,जिल्ला सल्लाहकार सदस्यद्दय बिष्णु प्रसाद अधिकारी , नर बहादुर कार्की , शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल ,नगर उपाध्यक्ष महादेव पाेखरेल , सचिव शरद अधिकारी शिवराज वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र बेल्वासे , नगर सचिवालय सदस्य गाेपाल बन्जाडे ,दिपक पौडेल ,नगर कमिटी सदस्यहरु नवराज न्यौपाने, रणदिप खतिवडा , घनश्याम बेल्वासे , गाेविन्द ढुङ्गाना लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेत्रराज अधिकारीले सुभाष नेम्वाङकाे असमायिक तथा अकल्पनीय रुपमा भएको दुःखद निधनले नेकपा एमालेलाई मात्रै नभई समग्र राष्ट्रलाई नै अपुरणिय क्षति भएको बताउदै सुभाष नेम्वाङले विगतमा गरेका राम्रा कामकाे अनुशरण गर्दै पार्टी निर्माण तथा राष्ट्र निमार्ण अभियानमा लागेर देश सम्वृद्दिमा लैजानुपर्ने बताउनुभयो । संविधान निर्माण कार्यमा नेम्वाङकाे अतुलनीय याेगदान रहेको साे अवसरमा स्मरण गर्नुभयाे ।
नेकपा एमाले पार्टी नगर अध्यक्ष जगत पौडेलले शिवराज नगर पार्टी कार्यालयमा शाेक पुस्तिका राखेको र ईच्छुक सबैलाई कार्यालयमै आई स्वर्गीय नेम्वाङप्रति श्रद्धाञ्जली दिन हार्दिक अनुरोध समेत गर्नुभएको छ । कार्यक्रम नगर पार्टी अध्यक्ष जगत पौडेलको अध्यक्षता नगर सचिव शरद अधिकारीले संचालन गर्नुभएको थियाे ।