दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

माओबादी पार्टी बाट मात्र परिवर्तन सम्भव: मौलाना मशहूद

 

कृष्णनगर, असोज २७

नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटीले नेकपा एमाले पार्टी छोडेर नेकपा माओवादी प्रवेश गरेका संदीप मौर्य, शान्ति हरिजन तथा राम वेलास यादव लाई आज नगर कमिटीको पूर्ण बैठक कार्यक्रममा सम्मान गरिएको छ।

नगर अध्यक्ष जाबेद आलम खां को अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथीमा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्बासे, विशिष्ट अतिथिमा शान्ति देवी हरिजन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली , राजेन्द्र अचार्य, राम विलास यादव लगायत अन्य रहेका थिए।

कार्यक्रममा बोल्दै बिष्णु बेल्वासेले अहिलेको वर्तमान संविधान सबै जातजाती, धर्म समुदायको अधिकार लाई लिपिबद्ध गर्ने काम नेकपा माओवादीले गरेको यस्को रक्षा पनि माओबादीले गर्ने बताए।
कार्यक्रममा बोल्दै राजेन्द्र अचार्यले देशमा भएको ठूलाठूला भ्रष्टाचारको यो सरकारले विरोधी अभियान चलाएर ठूलाठूला लाई जेल तान्ने काम भएको छ। तथा नगरको आगामी कार्ययोजना बारे प्रकाश पार्नुभयो।

कार्यक्रममा बोल्दै शान्ति देवी हरिजनले मधेशी, महिला, दलित र मुस्लिमको अधिकार एमाले कांग्रेस जस्ता पार्टीले गर्न नसक्ने बताउदै माओबादी बाट मात्र सम्भव रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै राम विलास यादवले धेरै बर्ष एमालेमा रहेर जीवनमा गल्ती गरेको तथा अबको यात्रा जनताको साथ दिने माओवादी पार्टी संग रहने बताए।

कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले नेकपा एमाले पार्टी परित्याग गरि आएका नव आगन्तुक साथी लाई स्वागत गर्दै माओबादी पार्टी बाट मात्र परिवर्तन सम्भव रहेको तथा अबको अगामी दिनमा माओबादी केन्द्र पार्टी अझै जनताको मन जित्दैजाने बताए।

कार्यक्रममा नगर कमिटी सदस्य लगायत पार्टी समर्थक हरूको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation