दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

बाणगंगामा आयाेजित साईकल प्लाङक ब्यालेन्सकाे उपाधि बुटवलका: श्रेष्ठलाई

कपिलवस्तु,
कपिलवस्तुको बाणगंगामा सम्पन्न दोस्रो ‘साइकल प्लाङक ब्यालेन्स’(पानी माथि ट्रयाक बनाएर खेलिने खेल) को उपाधि बुटवलका मनिक श्रेष्ठले जितेका छन् । गत वर्ष नेपालमै पहिलो पटक यस्तो खेल आयोजना गरेर ख्याती कमाएको लायन्स क्लव अफ कपिलवस्तुले उक्त प्रतियोगिताको दोस्रो संस्करण गरेको हो ।

विजेता श्रेष्ठले १ मिनेट ५६ सेकेण्डमा उक्त क्षेत्र पार गरेका थिए । बुटवल गोलपार्क निवासी एभरेष्ट स्कुलमा कक्षा ६ मा अध्ययनरत श्रेष्ठले सानो उमेरमा स्लो साईकल प्रतियोगितामा जित हात पारि साईकलनै प्राप्त गरेका थिए । विजेता श्रेष्ठका बुवा बसिन्द्र श्रेष्ठले आफ्नो छोरालाई बच्चै देखि साईकलमा रुची रहेको बताए ।

त्यस्तै उक्त प्रतियोगितामा धरानका अनिश तामाङ द्धितीय हुन सफल भएका छन् । उनले १ मिनेट २५ सेकेण्डमा पार गरेका थिए । त्यस्तै बनगाईका सुभम भट्राईले १ मिनेट ४ं० सेकेण्डमा पानी क्षेत्र पार गरेको प्रतियोगिताका संयोजक बिष्णु प्रसाद घिमिरेले लुम्बिनी दर्पणलाई जानकारी दिए । यस पटक ढिला पार गर्नेलाई उत्कृष्टको रुपमा मुल्यांकन गरिएको छ ।

प्रतियोगितालई थप रोचक बनाउनको लागि विश्व साइकलयात्री अजित बरालको पनि सहभागिता रहेको थियो ।

खेलको लागि आवश्यक टिसर्ट, हेलमेट, लाइफ ज्याकेट लगायतका सुरक्षाका सामाग्री, पिउने पानी, साइकल नहुनेका लागि साइकल क्लवले नै व्यवस्थापन गरेको क्लवका अध्यक्ष ओम प्रकाश घिमिरेले जानकारी दिए । खेलको क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सहभागीको सुरक्षाको लागि नेपाल प्रहरी, लायन्स र लियो क्लवका युवाहरुको टोली, एम्बुलेन्स, स्वास्थ्य सामाग्री लगायतको व्यवस्था पनि गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले २५ हजार र तृतियले १५ हजार र सान्त्वना हुनेलेसम्मान स्वरुप पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation