


जितपुर,
लक्ष्मणघाट सामाजिक विकास केन्द्रको आयोजनामा यही कार्तिक १ गते लक्ष्मणघाट बोलबमधाममा जिल्ला स्तरीय खुल्ला भजन प्रतियोगिताको आयोजना हुने भएको छ । नवदुर्गाको अवसर पारेर सो प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
सो कार्यक्रमलाई सफल पार्न संस्थाका अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षतामा १५ सदस्सिय मुल आयोजक समिति गठन गरिएको छ भने बिभिन्न बिषयगत समिति समेत गठन गरिएको उपाध्यक्ष तथा कार्यक्रम संयोजक अन्जित खनालले बताए । भजन चुड्काको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो प्रतियोगितामा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष नारायण लेकाली,सचिव नारायण भुसाल,केन्द्रिय सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज नविन पौडेल,बिष्णु कंडेल लगायतको प्रस्तुती रहनेछ । प्रतियोगितामा प्रथम,द्धिर्तिय,तृतिय र सान्त्वना हुने समुहलाई नगद तथा प्रमाण पत्रको व्यवस्था गरिएको सचिव सरिता थारुले बताइन् ।
सोही दिन राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, लुम्बिनी प्रदेशको पुर्ण बैठक बस्ने भएकाले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका भजनका अगुवाहरुको सहभागिता रहने प्रतिष्ठान प्रदेश अध्यक्ष काशिराम पोख्रेलले बताउनु बताए । सो कार्यक्रममा तेत्तिस कोटी देवता मध्ये जुन सुकैको बिषयमा भजन र झाँकी प्रस्तुत गर्न पाइनेछ भने झाँकी सहितको प्रस्तुतीका लागी १५ मिनेट र झाँकी नभएमा १० मिनेट समय तोकिएको छ भने एउटा समुहमा बढीमा १५ जना हुने कार्यसमिति सदस्य तेज बहादुर थापाले बताए । कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा संघिय सांसद बलराम अधिकारी गर्ने कार्यक्रम रहेको संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम सह संयोजक दिनेश थारुले बताए ।
कार्यक्रममा बिभिन्न जिल्लाबाट आउने अतिथिका लागी खाद्यान्न व्यवस्थापन लक्ष्मणघाट बोलबमधामले गर्ने संस्थाका संस्थापक अध्यक्ष तथा लक्ष्मणघाट बोलबमधामका अध्यक्ष रन बहादुर काउचाले बताए । सो प्रतियोगिताको सह आयोजकका रुपमा लक्ष्मणघाट बोलबमधाम विकास समिति, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, कपिलवस्तु र लुम्बिनी प्रदेश तथा लुम्बिनी दर्पण मिडिया प्रा.लि. रहेको छ भने अन्य सहयोगी संस्थाका रुपमा रहेका छन् । स्थापना काल देखी नै बिभिन्न किसिमका रचनात्मक र सृजनात्मक काम गर्दे आएको सो संस्थाले लक्ष्मणघाट बोलबमधाममा २ कोटे युरिनल सहितको शौचालय निर्माण गरेको छ । साथै कार्तिक पुर्णिमाको अवसर पारेर ३ दिने मेला संचालन,कोभिड महामारीका बेला सचेतनामुलक ¥याली,पोषण सामाग्री सहयोग,मृगौला पिडितका लागी सहयोग रकम हस्तान्तरण,सरसफाई कार्यक्रम,हाजिरी जवाफ कार्यक्रम संचालन गर्ने आइरहेको कार्यसमिति सदस्य मदन शर्माले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार लक्ष्मणघाट सामाजिक विकास केन्द्रका निबर्तमान सचिव सन्दिप न्यौपाने,दोस्रो पुरस्कार जय दुर्गा ग्रिल उद्योग, बैदौली,तेस्रो पुरस्कार माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड,सान्त्वना पुरस्कार बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेड ,सिनर्जी बचत तथा ऋण सहकारी संस्था लिमिटेडर अमित रेग्मी,अर्चना आचार्य गरेको संस्थाकी कार्यसमिति सदस्य मीना आले काउचाले बताएकी छन् ।