दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

जनप्रतिनिधीले गाउँ गाउँमा पुगेर जनताको समस्या र गुनासो सुन्दै

कपिलवस्तु,
नेकपा (एमाले) बाणगंगा नगर कमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधी कार्यक्रम अन्र्तगत नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधीले गाउँ गाउँमा पुगेर जनताको समस्या र गुनासो सुन्दै आफुहरुले गरेका विकासका काम र आगामी योजनाका प्राथमिकताबारे छलफल गरेका छन् । २०८० साल असोज २० गते देखी कार्तिक २० गते सम्म संचालित १ महिने जनतासंग जनप्रतिनिधी अभियान अन्तरगत आज वाणगंगा नगरपालिकाको वडा नं. ११ का विभिन्न गाउँमा पुगेर जनतासंग भेटघाट र अन्तरकृया गरेका हुन् ।
वाणगंगा नगरपालिकाको वडा नम्बर ११ को बरवा, भड्ढिहवा र ओदारीमा आयोजीत जनतासंग जनप्रतिनिधी कार्यक्रममा टोलवासीले आफुहरुले सोंचे अनुसारको कामहरु हुन नसकेको गुनासो गरेका थिए । उनीहरुले बाटोघाटो, सडक विस्तार, सिंचाई, मलखाद, विद्युत, पुलपुलेसा, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । अव ठुला दलहरुले यहि अवस्थामा रहेर जनताको काम नगरे आउदो निर्वाचनमा ठुलो चुनौती व्यहोर्नु पर्ने बताउदै प्रदेशको औचित्य माथि सवैले प्रश्न उठाउनुपर्ने स्थानीय लक्ष्मण कडेलले बताउनुभयो ।

 

टोलवासीले निर्वाचनका बेला गरेका बाचाहरु नेताहरुले पुरा नगरेको बताउदै गाउँघरका साना देखि ठुला समस्याहरु यथावत रहेको गुनासो पोखेका थिए । कार्यक्रममा चुनाव जितेर गएपछि पनि गाउँघरका समस्या बुझन र जनतासंग प्रत्यक्ष भेटेर जनताको भावना र विचार सुन्न गाउँघरमा आएको नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनुभयो ।


कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले समग्रमा नगरको विकास र रुपान्तरणमा आफुले धेरै काम गरेको बताउनुभयो । नगरवासीका मुख्य समस्या र विकासका प्राथमिकतालाई वार्षिक योजनामा समेटेर कामहरु भइरहेको अर्यालले जानकारी दिनुभयो । हिजो र आजको अवस्थामा नगरमा धेरै परिवर्तन आएको छ, नगर प्रमुख अर्यालले भन्नुभयो जनताको आधारभूत आवश्यकतालाई पुरा गर्नेगरी विकासका कामले गति लिएको छ । उहाँले वाँकी अवधीमा समृद्धी तर्फ नगरपालिकाले ठुलो फड्को मार्ने बताउनुभयो ।


सोही अवसरमा प्रदेश सभा सदस्य विष्णु पन्थीले दिनहुँजसो जनताको काममा आफु खटिरहेको बताउदै जनताको आवश्यकताहरु क्रमश पुराहुने बताउनुभयो । जनताको आकांक्षा ठुलो भएकाले पनि समस्या आएको बताउदै सांसद पन्थीले सिमित श्रोत साधनका कारण प्राथमिकता र आवश्यकताका आधारमा विकास निर्माणलाई प्रदेश सरकारले अघि बढाउने बताउनुभयो । वाणगंगा ११ मा प्रदेश सरकारबाट कोभिड जस्तो संकटको अवस्थामा पनि गएको कार्यकाल र चालु आर्थिक वर्षमा मुख्य मुख्य योजना र कार्यक्रमलाई समावेश गरी नयाँ काम गरेको सांसद पन्थीले बताउनुभयो ।


त्यस्तै प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले कपिलवस्तुका समस्या समाधानबारे संसदमा नियमित आवाज उठाएको बताउनुभयो । सांसद अधिकारीले जनताका पिरमर्कालाई नीतिगत रुपमा सम्वोधन गर्न आफुले महत्वपूर्ण भूमिका खेलेको बताउदै सदैव यहाँका जनताको समस्यामा आफु निरन्तर लागिरहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले हाम्रा जनप्रतिनिधी सदैव जनताको साथमा रहेको र जनताको आवश्यकता र समस्या सम्वोधन गर्न सदैव तत्पर रहेको बताउनुभयो । उहाँले निर्वाचन जितेर गाउँ फर्कदैनन् भन्ने परिस्थिती आउन नदिने र जनतासंग सहकार्य गरी अघि बढ्ने समेत बताउनुभयो ।


कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य बिमला चौधरी, दोर्णराज सुबेदी, जिल्ला कमिटि उपाध्यक्ष विश्राम प्रसाद थारु, जिल्ला कमिटि सचिबालय सदस्य भेषराज पाण्डे,सोमनाथ अर्याल, वाणगंगा नगर अध्यक्ष युवराज पोखरेल नेताहरु धु्रव वेल्वासे,चेतनारायण ढकाल, मधु बेलबासे लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation