दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

उद्योग व्यापार संघ कपिलवस्तुद्वारा शुभकामना आदानप्रदान

पार्वती आचार्य
कपिलवस्तु कार्तिक ४
राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र , राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधिकरण भन्ने मुलनारालाई जोडदिंदै आएको उद्योग व्यापार संघ कपिलवस्तुले सरोकारवालाहरु बिच बिजया दशमी, शुभ दिपावली, छठ नेपाल संबतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उद्योग व्यापार संघ कपिलवस्तुको आयोजनामा बाणगंगा नगरपालिका १ स्थित पिस हिमालयन रिसोर्टमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सांसद विष्णु पन्थिले नेपालमा कानुन , कार्यविधि र नीती बनेता पनि कार्य सम्पादनमा बनेका कानुन नै बाधक रहेको बताउनु भएको छ । उद्योग ब्यापार संघ कपिलवस्तद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । नेपालमा प्रशस्त साधन स्रोत र सम्भावना भएपनि कानुनी जटिलताकै कारण नेपालमा सोचे अनुसार काम गर्न नसकिने प्रदेश सांसद पन्थीको भनाई छ ।
अन्य मुलुकहरुमा उच्च पदमा रहेका व्यक्तिहरुले फिल्डमै गएर काम गर्ने गर्छन् तर नेपालमा फोटो खिच्न मात्र फिल्डमा जाने प्रवृतिले विकास हुन नसकेको बताउनु भयो । देशलाई माथि उकास्न सबै लाग्न जरुरी भएको बताउँदै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्नेमा जोडदिनु भयो ।
पेशागत महासंघ नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम शर्माले कार्यक्रममा आफ्नो बिचार राख्नुहुँदै सबै खाले पेशाकर्मी तथा व्यवसायीहरुले ईमान्दारीका साथ आफ्नो कर्तव्य पालना गर्नुपर्नेमा जोडदिंदै आफू कार्यरत जिल्ला प्रशासन कार्यालयले थुप्रै सुधारका कार्यहरु गरेको बताउनु भयो । आगामी दिनमा समेत जिम्मेवारी पूर्ण ढंगले सरकारी नीती अनुसार कार्यालयबाट प्रवाह गरिने सेवा र बजार अनुगमन लगाएतका बिषयहरुमा थप जिम्मेवार भएर कार्यालय अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भयो ।
जिल्लामा राम्रा कामको प्रचारप्रसार अत्यन्तै कम हुने तथा कतिपयले गलत मनसाय राखी कार्यालयको छविलाई धमिलो बनाउन खोज्ने दुस्प्रयास गर्ने गरेको पाईयता पनि सो सफल हुन नसकेको बताउनु भयो । सेवाग्राही मैत्री काम गरिरहेको अवस्थामा जिल्लाका केहि जिम्मेवार व्यक्तिहरुले सहीकामको सहि मुल्यांकन गर्न नसकेको समेत गुनासो गर्नुभयो ।
उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले यहाँका केहि संघ सस्थालाई आफुहरुले पटक पटक निमन्त्रणा गरेपनि उपस्थिति नभएको भन्दै गुनासो व्यक्त गर्नु भयो । देशकै आर्थिक अवस्था सङ्कटको स्थितिमा रहेको भन्दै त्यस बाट मुक्ति पाउनको लगि तिनै तहका सरकार र उद्योगि ब्यापारी मिल्नुको विकल्प नभएको बताउनु भयो । कपिलवस्तुका व्यवसायीहरु अवैध सामान आयातका कारण मर्कामा परिरहेका त्यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले कठोर कदम चाल्न आवश्यक रहेको अध्यक्ष पौडेलले बताउनु भयो ।
उद्योग व्यापार संघ कपिलवस्तुका निवर्तमान अध्यक्ष हुमनाथ पौडेलले देशमा मात्र नभएर यहीँ बाणगङ्गाका कयौं व्यवसायी टाट पल्टिदैं गएको हुँदा त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनु भयो । कपिलवस्तु जिल्ला स्रोत साधन र आम्दानीको हिसाबले अब्बल रहेपनि उचित विकास हुन नसकेको भन्दै यसमा सम्बन्धित निकाय गम्भिर बन्नुपर्नेमा जोडदिनु भयो ।
उद्योग व्यापार संघका वित्त सल्लाहकार प्रेमराज घिमिरेले खस्किदै गएको अर्थतन्त्रको व्यवस्थापन गर्न सिमानाकामा हुने चोरीतस्करी नियन्त्रण गर्नुपर्ने बताउनु भयो । पूँजीवाद दलालका कारण देश धरासायीमा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
त्यस्तै मानवअधिकारकर्मी तथा पत्रकार पार्वती आचार्यले मायादेवी गाउँपालीका लगायत जिल्लका धेरै स्थानमा शिक्षा र स्वास्थ्यका अवस्था कमजोर रहेको प्रति प्रदेश सांसद विष्णु पन्थिको ध्यानआकर्षण गराउनु भएको थियो । मायादेवीका विभिन्न विद्यालयमा एउटै शिक्षकले एकै पटकमा ३ वटा सम्म कलास लिनुपर्ने बाध्यतालाई उहाँले तत्काल समाधान गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा उद्योग व्यापार संघका सल्लाहकार अर्जुन पोख्रेल , मिन प्रसाद पोख्रेल , कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई , बौद्ध शिक्षा कार्यक्रमका चर्तुभुज पाण्डे लगाएतले शुभकामना दिंदै जिल्लाका उद्योग व्यवसायीहरुलाई कसरी अर्थतन्त्रमा व्यवस्थापन गर्न र व्यवसायीहरुलाई प्रवद्धन गर्न सकिन्छ भन्ने बिषयमा जिल्लावासी बिभिन्न सरोकारवालाहरुले बुझनुपर्नेमा जोडदिएका थिए ।
संघका अध्यक्ष खिमानन्द पौडेलको अध्यक्षतामा संघका बस्तुगत उपाध्यक्ष बेदराज नेपालीको स्वागत मन्तब्य तथा संघका महासचिव बासुदेव खनालको संचालनमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, लेखा समितीका संयोजक , विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation