


काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी(ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनल आज हुँदैछ । फाइनल घरेलु टोली नेपाल र युनाइटेड अरब इमिरेट्स यूएई बीच हुनेछ ।
नेपाल र यूएईबीचको फाइनल त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ । नेपाल, यूएई र हङकङको सहभागिता रहेको सिरिजअन्तर्गत नेपालले चारवटै खेलमा जित हात पारेर फाइनलमा स्थान बनाएको थियो ।
यूएई र हङकङले समान एक एक खेल जित हात पारेपनि नेट रनरेटमा भने यूएईले हङकङलाई पछि पार्दै फाइनलमा स्थान बनाएको हो ।