दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

गोरुसिङ्गेमा मंसिर १४ गते देखी सञ्चालन हुने महोत्सवको सर्वपक्षिय बैठक तथा अन्तरकृया

कपिलवस्तु, १५ कात्तिक । होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले आयोजना गर्न लागेको महोत्सवमा सबैले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा मंसिर १४ गते देखी सञ्चालन हुने महोत्सवको सर्वपक्षिय बैठक तथा अन्तरकृयामा महोत्सव सफल बनाउन जोड दिने बताएका छन् । कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले महोत्सवले नगरको गरिमा बढाउने बताउनु भयो । उहाँले पालिका तथा जिल्ला भित्रका उत्पादनलाई बजारीकरण गराउन सक्ने गरी महोत्सव सञ्चालन गर्नु पर्ने बताउनु भयो ।बुद्धभूमि उद्योग बाणिज्य संघका अध्यक्ष शुभलाल भुसालले होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघले आयोजना गर्न लागेको महोत्सवमा पुर्ण रुपले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । संघ कपिलवस्तु जिल्ला अध्यक्ष लेखनाथ घर्तीले स्थानीय उत्पादनको वजारीकरण, पर्यटनको प्रचार प्रसार र कपिलवस्तु जिल्लाका खाद्य परिकारलाई प्रर्वधन गर्नमा जोड दिइने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापती माधव दमासे एमाले नगर अध्यक्ष धुव्र न्यौपाने, माओवादी केन्द्र नगर अध्यक्ष रवी ठाकुर, नेकपा एस की दिपा खनाल, मानव अधिकारकर्मी विष्णु खतिवडा, चन्द्रौटा उद्योग बाषिज्य संघका इश्वरी प्रसाद पाण्डे, संघ संस्थापक अध्यक्ष अध्यय ढुण्डीराज अधिकारी, समाजसेवी विष्णुहरी आचार्य, टेकराज पौडेल, विरेन्द्र मिश्र, निलकुमार श्रेष्ठ, डम्मर देव पाण्डेले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने बताउनु भएको थियो । कार्यक्रममा कोषध्यक्ष लक्ष्मण न्यौपानेले स्वागत मन्तव्य र महासचिव पदम ढकालले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation