दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

जिल्ला समन्वय समितिको सातौं वार्षिक समीक्षा सम्पन्न

सुनिल आचार्य
कपिलवस्तु कार्तिक २१
जिल्ला समन्वय समिति कपिलवस्तुले सातौं वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । संघीय सांसद बलराम अधिकारीको प्रमुख आतिथ्यता तथा समन्वय समितिका प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका १० वटा पालिका र विषयगत कार्यालयहरुले आर्थिक बर्ष ०७९÷०८० मा गरेका गतिविधिहरुको बारेमा समीक्षा गरिएको हो । समिक्षा कार्यक्रम कार्तीक २० र २१ गरी दुई दिन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सांसद बलराम अधिकारीले जिल्लाका विषयगत कार्यालयहरुले दिने सेवा प्रभावकारी बनाउन सबै कार्यालय प्रमुखहरुलाई आग्रह गरे । योजनाहरुको छनौट र कार्यान्वयनमा मातहतका कार्यालयहरुले निरन्तर रुपमा चनाखोपन देखाउनुपर्ने र योजनाहरुमा दोहोरोपना आउन नहुने तर्फ सबै लाग्नुपर्नेमा सांसद अधिकारीले जोड दिए ।
यसैगरी राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले आफु पालिकाबाटै निर्वाचित भएर गएपनि पालिकाहरुले आफुहरुलाई बोलाएर पालिकाहरुको योजना र कार्यक्रमको बारेमा छलफल नगरेको भन्दै गुनासो व्यक्त गरिन् । प्रतिवेदनमा प्रस्तुत गरेका कयौँ कुराहरु कानुन सङ्ग जोडिएको हुँदा त्यस्ता विषयलाई आफुहरुले केन्द्रमा लैजाने बताईन् । पालिकाहरुको प्रतिवेदनमा दिगो विकास सम्बन्धित विषयहरु नआएको भन्दै त्यस्ता विषयलाई समेटेर योजना र कार्यक्रमहरु ल्याउन पनि आग्रह गरिन । त्यस्तै महिला तथा लक्षित वर्गलाई समेटेर योजना तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा संघीय सांसद मंगलप्रसाद गुप्ताले कार्यक्रमलाई सम्बोधन गर्दै भौतीक पूर्वाधारका क्षेत्रमा काम गर्ने कार्यालयले शुसासन युक्त तवरले काम गर्न आग्रह गरे । उनले बहादुरगंज स्थित शिवराज अस्पतालको पछिल्ला अवस्थाको बारेमा निराशाजनक स्थिती रहेको तर्फ सम्बद्ध सरोकार कार्यालयलाई ध्यानाकर्षण समेत गराए ।


प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बिगतका दिनहरुमा लक्ष्य अनुसार सम्पन्न भएका कार्यक्रमहरुको लक्ष्य हासिल भए÷भएनन् र आगामी दिनहरुका लागि कस्ता लक्ष्यहरु पुरा गर्न खोजी रहेका छौ भन्ने यस्ता कार्यक्रमहरुबाट नै जानकारी हुने भएको हुँदा जिल्लाका सम्पुर्ण पालिकाहरु तथा बिषयगत कार्यालयले समन्वयकारी भुमिकालाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी भुमिराम पोखरेलले ०७९÷०८० मा भएका प्रगती बिवरण र जिल्ला समन्वय समितीबाट सम्पादित कार्यहरुको बिवरण प्रस्तुत गरेका थिए । कपिलवस्तु जिल्लामा ३४ वटा संघ अन्तर्गतका कार्यालय छन् भने १७ वटा प्रदेश अन्तर्गतका कार्यालय छन् । समिक्षा कार्यक्रममा अधिकांश कार्यालयहरुका प्रमुखहरुले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, बाणगंगा नगरपालिकाका प्रमुख चक्र अर्याल, बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, सरकारी कार्यालयका प्रमुखहरु, संचारकर्मीहरु लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रम समन्वय समितीका प्रमुख बाबुराम आचार्यको अध्यक्षता, उपप्रमुख रमेश कुर्मीको स्वागत तथा जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेलको संचालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी , दश स्थानिय तहका प्रमुखहरु, उपप्रमुखहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation