दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

मायादेवी वनलाई व्यवस्थित बनाउन बृक्षाराेपण साथै लगातार खटिरहेको

कपिलवस्तु, ०४ मंसिर । कपिलवस्तुको वाणगङ्गामा रहेको मायादेवी साझेदारी वनमा अहिले प्रशस्त बिरुवा रोपिएको देख्न सकिन्छ । वर्षेनी रूख काटिरहने तर काटिए जति बिरुवा नरोप्ने प्रचलनले वन क्षेत्र मासिदै गैरहेको समयमा मायादेवीमा भने खाली ठाउँमा प्रशस्त बिरुवा रोपिएको हो । त्यति मात्र हैन वनमा अनावश्यक झाडि फाँडेर सरसफाइ समेत गरिएको छ ।

वन जन्य स्रोतको सही सदुपयोग गरेर जिल्लामै नाम कमाउन सफल भएको यस वनले पछिल्लो समय वन व्यवस्थापनको लागि विभिन्न उत्कृष्ट कार्य गर्दै आइरहेको छ । अतिक्रमणका कारण विश्व बाटै सङ्कुचित बन्दै गैरहेको वन क्षेत्रलाई वृद्धि गर्न यस्ता कार्य गर्दै आइरहेको वनका अध्यक्ष दिनेश जयसवालले बताए।

उनले आफू अध्यक्ष भएर आएदेखि वनलाई व्यवस्थित बनाउन आफू र सिङ्गो टिम लगातार खटिरहेको बताए । अध्यक्ष जयसवालले भने, “हाम्रो वनमा साधन स्रोत प्रशस्त छ, यसको सही सदुपयोग गर्नेमा हामी सचेत छौँ । वनको सही व्यवस्थापन गर्न हामिले अहिले वृक्षरोपण र झाडि सरसफाइ लाई तिव्र रुपमा अगाडि बढाई रहेका छौँ ।”

अहिले वनमा साल, सिसौ, खयर, अमला लगायत विभिन्न प्रकारका काठ र फलफूल जन्य बिरुवाहरू समेत लगाएको उहाँले बताए । लगाएका बिरुवाको संरक्षण र संवर्द्धन गर्न पनि आफूहरूले विभिन्न योजनाका साथ काम गरिरहेको बताए ।

जिल्लाको बाणगङ्गा नगरपालिका सहित कपिलवस्तु, शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाका विभिन्न क्षेत्र भित्र फैलिएको यस वनले विभिन्न समयमा हुँदै आएको अतिक्रमणलाई समेत हटाउँदै गैरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation