चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने                
समाचार :

नगर प्रमुखअधिकारीद्धारा शितगंगा नगरपालिकाको भवन उद्धघाटन

शितगंगा ।
शितगंगा नगरपालिकाको आफ्नै प्रशासकीय भवनको उद्धघाटन गरिएको छ । नगर प्रमुख सुर्य प्रसाद अधिकारीले सोमबार शिलालेख वाचन गरेर नगरपालिकाको आफ्नो भवन उद्धघाटन गर्नु भएको हो । नगरपालिकाको आफ्नै भवन नहुँदा नगरपालिका हाल भाडाको घरमा सञ्चालन भइरहेको छ ।

नगरपालिकाका कार्यालयहरु बिभिन्न स्थानमा हुँदा सेवाग्राहीहरु लाई समेत काम गर्न अप्ठेरो हुने गरेकोमा सबै सेवा र शाखाहरु एकै स्थानमा आए पछि सेवाग्राहीहरु मा समेत सहज हुने नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख सुर्य प्रसाद अधिकारीले कार्यपालिका बैठकबाट कार्यलयको उद्धघाटन गर्ने निर्णय भए बमोजिम कार्यलय उद्धघाटन गरिए पनि निर्णय गर्ने वडा अध्यक्षहरु नै उपस्थित नभएको प्रति असन्तिुष्टी ब्यत्त गर्नु भयो । नगर प्रमुख अधिकारीले नगरपालिकाको ५ वर्षे कार्यकालमा जनता सामु बोलेका अधिकांस काम सम्पन्न गर्न सफल भएको बताउनु भयो ।

नगरपालिकाले ३७ वटा स्वास्थ्य भवन,२४ वटा बिद्यालय,७५० कि।मी नयाँ सडक निमार्ण सम्पन्न गरेको बताउनु भयो । यस्तै १२ वटा वडा कार्यालय भवन ,१२ वडामा वडा स्तरिय स्वास्थ्य भवन , बसपार्क, बिभिन्न स्थानमा सामुदायिक भवन निमार्ण जस्ता धेरै उपलब्धी आफ्नो पालोमा भएको बताउनु भयो । देशमै पहिलो पटक उत्पादनमा आधारित अनुदान र एकल पुरुष र एकल महिला “ग” बर्गका अपांगलाइ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यमा समेत सबै जनप्रतिनिधीको साथमा कार्य सञ्चालन गर्न सफल भएको बताउनु भयो ।

यस्तै नगर उप प्रमुख टिका रेस्मिले आफ्नो कार्यकालमा नगरको आफ्नै भवन निमाण अन्तिम चरणमा पुराउन सफल भएको र हाम्रो कार्यकालको प्रमुख उपलब्धी रहेकोले पनि निमार्ण बाँकी रहदै उद्धघाटन गरिएको बताउनु भयो । नगरपालिकामा प्रतिनिधीत्व गर्ने सबैदलको साझा कार्यालय भए पनि एमालेका जनप्रतिनिधीले कार्यक्रममा सहभागिता नजनाउदा नगरको कार्यलय बन्दा समेत असन्तुष्टी रहेको जस्तोभान भएको बताउनु भयो ।

५ करोड बजेट मध्ये ठेकदार कम्पनीले करिव २९ प्रतिशत छाडेर ४ करोड १४ लाख ९८ हजारमा निमार्णको जिम्मा लिएकोमा अहिले ८० प्रतिशत काम सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत भबिन्द्र खनालले जानकारी दिनु भयो । २०७७ जेठ २२ मा सम्झौता भइ २०७८ जेठ २३ मा सम्पन्न गर्ने समय रहेकोले पनि ८० प्रतिशत काम सम्पन्न भएको खनालले बताउनु भयो । निर्वाचन आउन लागेको र निवार्चन अधिकृको कार्यलय सञ्चालन गर्नु पर्ने भएकोले पनि छिटो गरि भवन उद्धघाटन गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा मालेका जिल्ला सचिव केदार बेल्बासे , नेकपा एकिकृत समाजबादीका जिल्ला सह सचिव नारायण शर्मा, शिक्षा प्रेमी माधव पौडेल, काग्रेशका प्रतिनिधी छबिलाल पौडेल ,नगरपालिकाका प्रवत्ता दामोदर न्यौपाने , वडा अध्यक्ष हेमनाथ भुसाल लगायतले कार्यक्रममा आफ्नो धारण राख्दै नगरपालिकाले प्रमुख उपलब्धीको रुपमा नगरपालिकाको भवन निमार्ण गर्न सफलभएको बताउनु भएको थियो । नगरपालिका योजना शाखा प्रमुख नुमलाल खनालको सञ्चालन शिक्षा शाखा प्रमुख बिनोद पोख्रेलको स्वागतमा सम्पन्न कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्ष स्थानिय बासीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमको कालिका माइ मन्दिरका प्रमुख पुजारी टामलाल भट्टराइले स्वथि बाचन गनुए भएको थियो भने कलाकार खुमराज घिमिरे , शितगंगा डान्स आइडल प्रकृति गैरे ,अन्जली सुनार लगायतले आफ्नो प्रस्तुति दिएका थिए ।

यस्तै नेकपा एमालेका नगर उपाध्यक्ष संजय रानाले नगरपालिकाको भवन निमार्ण बाँकी रहँदै उद्धघाटन गर्न लाग्दा जनस्तरबाट ब्यापक बिरोध भएको भन्दै एमालेबाट निवार्चित जनप्रतिनिधीहरु सहभागि नभएको बताउनु भयो । नगरपालिकाको भवन निमार्ण नगरपालिकाको लागि गौरवको कुरा भएको तर निमार्ण सम्पन्न र हस्तान्त्रण नहुँदै उद्धघाटन हुन लागेकोले एमालेको प्रतिनिधी र जनप्रतिनिधी सहभागि नभएको रानाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation