हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

काठमाण्डौमा हावाको गुणस्तर अस्वस्थकर भयो, मर्निङ वाकमा नजान आग्रह

काठमाण्डौ ।
काठमाण्डौमा हावाको गुणस्तर अस्वस्थकर रहेको छ । आज काठमाण्डौको एयर क्वालिटी इन्डेक्स एक्यूआई १ सय ६१ रहेको छ । हिजो दिउँसो काठमाण्डौको एक्यूआई १ सय ६७ रहेको थियो । सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ ।

एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ । काठमाण्डौको आकाश आज पनि धुम्मिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ ।

अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ । सबै उमेरसमूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन वातावरण विभागले आग्रह गरेको छ ।

विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले प्रदूषण बढेको यो बेलामा श्वासप्रश्वास सम्बन्धी रोग खोकी, दम तथा मुटुका बिरामी अझ बढी प्रभावित हुने गर्छन् । केहीदिन सकेसम्म मर्निङ वाक नगर्न पनि विभागको आग्रह छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ । एक्यूआई इन्डेक्सका अनुसार आज बिहान साढे सात बजे भारतको दिल्ली सहर सबैभन्दा प्रदूषित छ । दिल्लीको एक्यूआई २ सय २१ रहेको छ । त्यस्तै दोस्रोमा पाकिस्तानको लाहोर रहेको छ । तेस्रोमा काठमाण्डौ रहेको छ ।

गएको वर्ष देशका पाँच सयभन्दा धेरै ठाउँमा एकैपटक लागेको डढेलोका कारण नेपालमा चैत १३ गतेदेखि प्रदूषण उच्च भएको थियो । यो वर्ष पनि अस्तिदेखि फेरि प्रदूषण बढ्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation