भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

टर्कीमा आज पनि रुस र युक्रेनबीच शान्ति वार्ता हुँदै

एजेन्सीँ ।
रुस र युक्रेनबीच आज पनि टर्कीमा शान्ति वार्ता हुँदैछ । वार्तामार्फत रुसलाई तत्काल युद्धविराम गराउने युक्रेनको चाहना छ । युद्धविरामसँगै अन्य सम्पूर्ण विषयमा सहमति खोज्नुपर्नेमा युक्रेनका विदेशमन्त्री द्विमित्रो कुलेबाको जोड छ ।

हिजो मात्रै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताउनुभएको थियो । तर त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट हुनुपर्नेमा उहाँको जोड छ।

रुसका राष्ट्रपति र टर्कीका समकक्षीबीचको पछिल्लो टेलिफोन वार्तामा रूसी र युक्रेनी प्रतिनिधिमण्डल इस्तानबुलमा भेट्ने सहमति भएको थियो ।

रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण सुरु गरेपछि पहिलो पटक फेब्रुअरी २८ मा बेलारुसमा वार्ता भएको थियो । त्यस्तै बेलारुसमै दोस्रो चरणको वार्ता गएको मार्च ३ तारिख, तेस्रो चरणको ७ तारिख र चौथो चरणको वार्ता १४ तारिखमा भएको थियो । वार्तालाई निरन्तरता दिँदै उनीहरुले पाँचौँ चरणको वार्ता गर्न लागेका रुसी समाचार संस्था तासले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation