हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

लेटाङ हत्या प्रकरणमा ४९ जना पक्राउ, २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

काठमाडौँ ।
दुई साताअघि मोरङको लेटाङमा एक महिला प्रहरीको हत्या घटनामा संलग्न भएको आरोपमा लागेका २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

हत्या आरोपिविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि वढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको घटनाले उग्ररुप लिँदा चैत ६ गते प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो।

कर्तव्य ज्यान मुद्दामा अहिलेसम्म १ जना महिलासहित २० जनामाथि अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

लेटाङ घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म ४९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। ‘पक्राउ परेकामध्ये २९ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेका छौँ,’ डिएसपी श्रेष्ठले भने।

प्रहरीले अहिलेसम्म लेटाङ नगरपालिका–५ की १८ वर्षीया निशा पुलामी मगर, ४८ वर्षीय भन्द्रकान्त लामा, २५ वर्षीय रविन राई, २३ वर्षीय प्रदीप राई, २० वर्षीय रविन तामाङ, सञ्जीव प्रधान, प्रनिस कट्टेल, जस्वीन पाख्रिन, सुनिल लिम्बू, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ, १९ वर्षीय सञ्जय मगर र १८ वर्षीय सुरज अधिकारीलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।

त्यसैगरी लेटाङ–६ का १८ वर्षीय सन्तोष पौडेल, राम राई, बलराम भनिने पालाराम राई, २० वर्षीय हिमाल श्रेष्ठ, श्रवण यादव र मोरङकै मिक्लाजुङ गाउँपालिका २ घर भइ लेटाङ–५ मा बस्दै आएका २० वर्षीय कृष्ण विकविरुद्ध पनि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।

घटनाको अनुसन्धान अझै जारी रहेकाले थप आरोपी पक्राउ पर्नसक्ने प्रहरीले जनाएको छ। घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, प्रदेश १ प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङले संयुक्त टोली परिचालन गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation