


राम अवतार चाैधरी/ कपिलवस्तु,
कपिलवस्तु शिवराज-२ मा विद्यार्थीलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गरिएकाे छ । आइतबार एक कार्यक्रमका बीच वडाभित्रका गरिब तथा विपन्न परिवारका ३० जना बालबालिकाकाे लागि झाेला, स्टेशनरी, पाेशाक र छात्रवृत्ति वितरण गरिएको छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै वडा अध्यक्ष राम बहादुर चाैधरीले कुनै पनि बालबालिकाले पढ्न पाउने नैसर्गिक अधिकारबाट वञ्चित नहाेउन् भन्दै एक वर्षभरी पुग्ने गरि गरिब तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको बताए ।
शैक्षिक सामग्रीले विद्यार्थीहरुकाे पढाइमा सकारात्मक साेचकाे विकास हुनुकाे साथै विद्यालयमा विद्यार्थीकाे पहुँचमा सहज हुने उनले जिकिर गरे । विद्यार्थीकाे पढाइलाई प्रभावकारी बनाउनका लागि निरन्तर विद्यालय पठाउन अभिभावकसँग चाैधरीले आग्रह समेत गरे ।
यसैबीच जनता आधारभूत विद्यालय मदरहवाका प्रधानाध्यापक पुरुषाेत्तम भट्टराईले यस शैक्षिक सामग्रीले विद्यार्थीकाे हाैसला बढ्नुकाे साथै विद्यालयकाे शैक्षिक गुणस्तरीयतामा थप मद्दत पुग्ने उनकाे भनाइ छ । उनले यसैगरी अझै गाउँघर र विद्यालयमा रहेका अति गरिब र विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्रीलाई प्रदान गर्नुपर्ने आवश्यक रहेकाे बताए ।
त्यसैगरी वडा सचिव नारायण पंगेनीले वडा कार्यालयले शिक्षालाई मध्यनजर गर्दै शैक्षिक स्तरलाई माथि उकास्नका लागि विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको बताए । आर्थिक रुपमा अति कमजाेर गरिब परिवारका बालबालिकालाई उक्त सामग्रीसहित ५ सय रुपैयाँकाे दरले छात्रवृत्तिसमेत प्रदान गरिएको उनले बताए ।
वडा कार्यालयले यस आर्थिक वर्ष विनियोजन गरेकाे कार्यक्रम अन्तर्गत एक वर्षसम्म ३० जना विद्यार्थीलाई लेख्न, प्रयाेग गर्न पुग्ने गरी शैक्षिक सामग्री वितरण गरिएको वडा सचिव पंगेनीले जनाए ।