हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

श्रमिक महिला दिवस श्रम गर्ने महिलाहरुको हो : घिमिरे

कपिलवस्तु फागुन २४ कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले पोलिटब्युरो सदस्य , अखिल नेपाल महिला संघ केन्द्रिय सचिवालय सदस्य तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले श्रमिक महिला दिवस श्रम गर्ने महिलाहरुको भएको बताउनु भयो ।

११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ बाणगंगा नगर कमीटीले आायोजना गरेको पशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रममा प्रमुख अतिथी घिमिरेले यस्तो बताउनु भएको हो । अखिल महिला संघको जिवन संघर्ष र गौरवपुर्ण हिसावले भरिपुर्ण भएको हुँदा यसलाई हामी सबैले बुझ्न जरुरी भएको बताउनु भयो । अन्तराष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं संमृद्ध नेपाल निर्माणका लागि स्थानिय तहमा महिला प्रमुख पदमा उम्मेदवारी सुनिश्चित गरौं भन्ने नारालाई सफल पार्न संगठनका महिलाहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनु भयो ।

प्रमुख घिमिरेले सहभागिहरुबाट उठेका सवालहरुलाई संबोधन गर्दै समसामहिक राजनैतिक बिषयहरुमा सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो । यस्तै नेकपा एमाले पुर्व जिल्ला सदस्य गुणा पन्थीले महिलाहरु नेतृत्वमा आउन धेरै संघर्ष गर्नुपर्ने बताउनु भयो । आफु बाल्यकाल देखि नै राजनितीक क्षेत्रमा अहोरात्र खटिदै आएको बताउँदै महिला दिदी बहिनीहरुलाई सक्रिय भएर संगठनलाई अगाडी बढाउन आग्रह गर्नु भयो । जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल महिला संघका उपसचिव शान्ता पाण्डेले महिलाहरु आफ्नो हकहितका लागि संघर्ष गर्नुपर्ने बताउनु भयो ।

यसैगरी जिल्ला पार्टी सदस्य धनु अधिकारीले महिलाहरुले संघर्ष गरे अनुसार अधिकार प्राप्त गर्न नसकेको बताउनु भयो । हत्या हिंसा , लैगिंक बिभेदको न्युनिकरण गर्न अझै संघर्ष गर्नुपर्ने बताउनु भयो । कार्यक्रम नगर कमिटीका अध्यक्ष गंगा भट्टराईको अध्यक्षतामा प्रदेश सदस्य टिकादेवी अधिकारी , जिल्ला सचिवालय सदस्य शान्ता पाण्डे , सिता न्यौपाने , बिष्णु ढुंगाना , राधिका पन्थ , डिल कुमारी भण्डारी , लिलादेवी न्यौपाने , नेकपा एमाले नगरकमिटी उपसचिव लक्ष्मी थारु , सदस्य सारदा परियार लगाएत जिल्लाका नेताहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमको स्वागत अखिल महिला संघका नगरकमिटी सदस्य सुजता रेग्मीको स्वागत तथा अनेम संघ नगर कमिटी सचिव गिता भुषालको संचालनमा प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको थियो ।

साथै अखिल महिला संघ बाणगंगा नगर कमिटीले लामो समय देखि आन्दोलन तथा महिला अधिकारका बिषयमा ठुलो योगदान पु¥याएको भन्दै गौरवशालि पार्टी नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा राष्ट्रिय सभा सदस्य जस्तो गरिमा पदमा निर्वाचित भएको भन्दै दोसल्लाह र सम्मान पत्रले सम्मान गरेको छ । कार्यक्रम अखिल महिला संघ बाणगंगा नगर कमिटीको आयोजनामा बाणगंगा नगरपालिका वडा नं. ८ बोडगाउँमा सम्पन्न भएको आयोजक कमिटीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation