हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

मेयरमा बाग्लुङकी ३० वर्षिया नर्स नितु खड्काको उम्मेदवारीपस्चात युवाको लहर

मेयर बनेर नगरलाई स्मार्ट सिटी बनाउनभन्दा ‘पानीका लागि पुरै बिहान छुट्याउनु नपरोस्, गाउँसम्म पुग्ने मोटर बाटो होस्, स्वास्थ्य सेवा सर्बसुलभ होस’ जस्ता आधारभूत मुद्धामा केन्द्रित हुने लक्ष सहित बाग्लुङकी ३० वर्षिया नर्स नितु खड्काको उम्मेदवारीपस्चात युवा पुस्ताको उम्मेदवारीको लहर बढेको छ । नितुपछि काठमाडौं महानगरपालिका मेयरमा इन्जिनियर बालेन शाह, पोखरा महानगरपालिकामा मेयरमा उपन्यासकार गनेस पौडेल, बेनी नगरपालिकाको मेयरमा निरञ्जन थापा, कैलाली लम्किचुहा नगरपालिकाको मेयरमा उदय भट्टले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । कोरोनाकालमा गाउँमा स्वयंसेवामा खटिएकी नितुले बाग्लुङ नगरपालिकाका सबै वडाका समस्या नजिकबाट नियाल्ने अवसर पाएका कारण उनलाई लाग्यो ‘अब परिवर्तन गर्नु पर्छ’ । परिवर्तनका लागि स्थानियस्तरमै नेतृत्व लिनुपर्छ भन्ने सोंचका साथ उनी नेतृत्व लिन तयार भएकी हुन । नितु आफैँले भने निर्वाचनका लागि ठोस योजना बनाइनसक्तामा नै उन्ले मेयरमा उठ्ने घोषणा गरेसँगै न्युजिल्यान्डको एक नगरपालिकाका मेयरले विकास मोडल बनाउन सहयोग गर्ने बताएका छन् । उनलाई बाग्लुङ नगरपालिकाको मेयर बनेर नगरलाई स्मार्ट सिटी बनाउनु छैन बरु ‘कम्तीमा आमाहरुले पानीका लागि एक बिहान खर्लप्पै छुट्याउनु नपरोस्, गाउँसम्म पुग्ने मोटर बाटो होस्, आफ्नै ठाउँमा नागरिकले स्वास्थ्य उपचार पाउन सकून’ ​भन्ने उन्को चाहना हो । हुन पनि ठूला ठूला कुरा गर्नुको सट्टा यति मात्रै गर्न सकियो भने गाउँको लागि ठूलो कुरा हुनेछ । उनले गर्ने कामका विषयमा योजना तयार गर्न उनले एउटा टोली बनाएकी छिन् । आफ्नो नगरका १४ वटा वडामा जाने र त्यहाँको आवश्कता जनमानसबाटै बुझेर काम गर्ने योजनामा छिन उनी । अन्तरराष्ट्रिय पत्रिका इकोनोमिस्टका अनुसार वेलायत, फ्रान्स, जर्मन र अमेरिकाका नेताहरुको सरदर उमेर ७० बर्षभन्दा माथि देखिन्छ । त्यसरी नै ७० देखि ८० को दशकमा नेताहरुको सरदर उमेर ६० भन्दा कम देखिन्छ । २०१० सम्मका नेताहरुको सरदर उमेर ६० भन्दा कम देखिन्छ । यी चार देश बाहेक अन्य बिकसित देशहरुमा समेत नेताहरुको उमेर प्रायश: ६० भन्दा कम देखिन्छ । हरेक कुरा तिब्र गतिमा परिवर्तनशील आजको बिज्ञान र प्रबिधिको युगमा राष्ट्रिय, अन्तराष्ट्रिय र बिभिन्न पुस्ताहरुका बीच सन्तुलन कायम गर्न पनि यो उमेरका ब्यक्तिहरुको नेतृत्वदायी भूमिका उपयुक्त देखिन्छ । समयानुकूल मान्न नसकिने असफल र अयोग्य प्रमाणित भैसकेकाहरुकै राष्ट्रिय राजनीतिमा प्राचुर्यताबाट देशलाई जोगाउन नसकिंदासम्म देश संधै यस्तै दलदलमा फँसिराख्ने कुरामा सन्देह छैन । बारंबारका परिवर्तनपस्चात पनि राहत नभएर आहत नै पाइराख्नु पर्नुको वाध्यताका कारण राजनीतिप्रतिको बितृष्णा हावी भएको छ । जन चेतनाको स्तर धेरै बढिसकेको सन्दर्भमा बर्तमानमा देखिएको समस्या समाधानको लागि आगामी निर्वाचनमा अधिकाधिक युवा समुदायलाई ल्याएर देशलाई सही दिशाबोध गराउनेछन जनताले भन्ने कुरामा आशाबादी हुन सकिन्छ । #Youth4politics #Vote4women #Vote4youth #Vote4change

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation