लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

जनकपुर–जयनगर रेल शनिबार देखी चल्ने

जनकपुर ।
निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर–जयनगर रेलमार्गको यही चैत १९ गते शनिबार उद्घाटन हुने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा सो रेलमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट संयुक्त रूपमा श्रव्यदृश्यका माध्यमबाट रेल सवाको उद्घाटन गर्न लागेको मन्त्रालयले जनाएको छ।

जनकपुरमा आयोजना हुने कार्यक्रममा भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको प्रमुख आतिथ्यता रहने रेल विभागका महानिर्देशक दीपकुमार भट्टराईले जानकारी दिए।

रेल सञ्चालनका लागि सरकारले यही चैत ८ गते अध्यादेशमार्फत् आवश्यक कानुनी प्रबन्ध गरेको छ।

वि सं २०७५ मा नै रेलमार्ग निर्माण सकिएको भए पनि कानुनी तथा प्राविधिक जटिलताका कारण लामो समयसम्म रेल सञ्चालनको मिति तय हुन सकेको थिएन। कूल ३५ किलोमिटर लामो सो रेलमार्गमा चल्ने रेलका अन्तरदेशीय प्रकृतिको ब्रोडगेज हो।
मन्त्रालयका अनुसार २०७७ असोज पहिलो साता जनकपुर आइपुगेको रेल सञ्चालन गर्नेबारेमा यसअघि ठोस निर्णय हुन सकेको थिएन।

सरकारले सबै करसहित रु एक अर्ब तीन करोड बराबर खर्च गरेको रेल सञ्चालनमा नआउँदा रेलका लिकमा राखिएका सामानसमेत चोरी भएका थिए।
जनकपुरमा रेल आइपुगेको १७ महिनापछि सञ्चालन हुन लागेको हो। सरकारले रेलको भाडासमेत तय गरेको छ। सामान्य सिटमा यात्रा गर्नेलाई रु ७० र वातानुकूलित एसी सिटमा यात्रा गर्नेलाई रु ३०० बराबरको भाडा लाग्ने गरी दुई प्रकारको भाडा तय भएको छ। यस्तै रेल दुर्घटनमा परी कोही कसैको ज्यान गएको खण्डमा रु सात लाखसम्म क्षतिपूर्ति दिइने व्यवस्थासमेत रेल्वे अध्यादेशमा गरिएको छ।

गत फागुनदेखि नै दैनिक एक पटक रेल सञ्चालन गरिँदै आएको थियो। सबै प्राविधिक तयारी पूरा भएको र कर्मचारीसमेत नियुक्त भई काममा खटिइसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation