


कपिलवस्तु ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनावमा भाग नलिने भएको छ । कपिलवस्तुुको विजयनगरमा ११ दिनसम्म बसेको बैठकले चुुनाब वहिष्कार गर्ने निर्णय गरेको हो ।
विप्लव नेतृत्वको नेकपाको आधिकारिक अनलाइन इरातोखबरले सम्पादकीय लेखेर चुनावमा नजाने निर्णय गरेको उल्लेख गरेको छ । उक्त दलले चुनावबाट संसदीय व्यवस्थालाई जनताको व्यवस्था वैज्ञानिक समाजवादमा परिवर्तन गर्न सम्भव नरहेको निष्कर्ष समेत निकालेको छ । विप्लवले चुनाव उपयोगमा नजाने निष्कर्ष समेत निकालिको छ । उसले एमसीसी समेत घोर विरोध गरेको छ ।