हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

रेखाले भनिन्–नाबालिगको पक्षमा बोल्दा मलाई ‘हार्दिक श्रद्धाञ्जली’ समेत लेखियो

अभिनेत्री रेखा थापाले राजनीतिक हिसावले उपस्थित र शृङ्गारिक हिसावले प्रतिनिधित्व गर्दैमा महिलामा परिवर्तन नआउने बताएकी छन् । महिलाहरूमा परिवर्तन आउन चेतनाको स्तर वृद्धि हुनुपर्ने उनको धारणा छ । महिला दिवसको सन्दर्भमा मंगलबार आयोजित सडक बहस कार्यक्रममा बोल्दै थापाले नबालिग गायिकाको पक्षमा बोल्दा समाजबाट पीडा भोग्नु परेको गुनासो समेत पोखिन् । ‘नाबालिग गायिका संरक्षण गर्ने दाइत्व हाम्रो समाजको हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा मलाई ‘हार्दिक श्रद्धाञ्जली’ समेत लेखियो’, उनले अगाडि थपिन् ‘त्यसले हामी अझै सतिप्रथामा छौं कि क्याहो जस्तो महसुस भयो ।’

उनले हिंसामा परेर बाहिर निस्केको मानिसलाई तै खराब भन्ने प्रवृत्ति रहेको बताउँदै प्रश्न गरिन्, ‘जसलाई हिंसा परेर बाहिर निस्केको हुन्छ, त्यै खराब भन्न होला त ? ।

थापाले पल शाह प्रकरणमा ब्यक्ति व्यक्तिले आफूखुसी दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै ‘चोकचोकमा र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरू जन्मिरहेको’ बताइन् । ‘अब अदालतको काम के त ? हिम्मत छ भने अदालत बन्द गराइदिनुस्, ’ उनले चुनौती कटाक्ष गरिन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation