हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

नेकपा एमालले लुम्बिनी : अस्पतालको ठेक्का प्रक्रियामा मुख्यमन्त्रीको चलखेल हुुनुु गम्भीर कमजोरी

बुटवल ।
नेकपा एमालले लुम्बिनी प्रादेशिक अस्पतालको सात अर्बको भवन ठेक्कामा सेटिङ मिलाएर निर्लज्ज ढंगले प्रक्रिया अघि बढाउन खोज्नु र मुख्यमन्त्रीको संलग्नतामा हुनु गम्भीर कमजोरी भएको जनाएको छ । साथै एमालले मुख्यमन्त्री कुलप्रसाद केसीको राजिनामा माग गरेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा स्वयं मुख्यमन्त्री केसी नै सेटिङमा सहभागी भई सरकारलाई डेढ अर्ब नोक्सान पुयाउन संलग्न भएको भन्दै एमालले मुख्यमन्त्रीले तत्काल पदबाट राजीनामा दिनु पर्ने बताएको हो ।

नेकपा एमालले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनी छनोट गर्दा जुन मापदण्ड तयार गरियो, त्यसवेलादेखि नै सेटिङ रहेको प्रष्ट नै भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री कुल प्रसाद केसी पदमा बसिरहन नैतिक रुपले नमिल्ने ठहर गर्दै तत्काल पदबाट राजीनामा दिन आग्रह गरे ।

सरकारका क्रियाकलाप निरन्तर विवादास्पद हुँदै गर्दा प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयालाई हटाएर अनन्तराम घिमिरेलाई नियुक्त गरिएपछि बिबादास्पद क्रियाकलापको शृङ्खला शुरु भएको एमालेको आरोप रहेको छ ।

विदेशीसँग जेभी गरेर आउने भए सरकारी अस्पतालमा २ हजार वर्गमिटरभन्दा बढीको २ तले बेसमेन्ट बनाएको हुनुपर्ने, नेपाली कम्पनीले एक्लै प्रतिस्पर्धा गर्ने ६ हजार वर्गमिटरमा २ तले बेसमेन्ट निर्माण गरेको अनुभव हुनुपर्ने जस्ता प्रावधानले डबल बेसमेन्ट अस्पताल बनाएका निजी कम्पनीहरु टेण्डरमा सहभागी हुनबाट बन्चित गरिएको र भिन्ली मककडिकेटड फ्लोरिड काम गरेको हुनुपर्ने, १० जनाभन्दा बढी अट्ने लिफ्ट जडान गरेको योग्यता हुनुपर्ने विषय पनि शंकास्पद र औचित्यहीन देखिएको एमालेले जनाएको छ ।

साथै घिमिरेको नियुक्तिपछि भएका विवादास्पद क्रियाकलापको बारेमो सोमवार पदबाट राजीनामा दिँदा सार्वजनिक गरेको प्रेस विज्ञप्तिले धेरै विषयलाई स्पष्ट पारेको एमालले जनाएको छ । प्राधिकरणका कार्यकारी अधिकृत घिमिरेले अस्पतालको भवन निर्माण ठेक्कामा सेटिङ भएकोले ठेक्का प्रक्रिया खारेज गर्दै राजिनामा दिएको घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation