


चेतन विष्ट, जितपुर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ( रा प्र पा ) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाइ समृद्ध र सफलता दिलाउनको लागी जनता र देशको इक्षा, चाहान र मागलाइ सधै शिरमा राखेर काम गर्नु पर्ने बताउनु भएको छ । कपिलवस्तुको बाणगंगास्थित बुद्धरंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुु भएको हो ।
अध्यक्ष लिङ्देनले अब देशका ठुला दल भनिने पार्टिलाइ चुुनाबमा जिताएर देशको बिकास हुुन्छ भन्ने भ्रम बाट टाढा रहनु पर्ने बताउनु भएको छ । केहि समय पहिले देशका ठुुला दल भानिने नेपाली काङ्ग्रेस, एमाले र माओवादीले पटक पटक देश विकासको नेतृत्व गर्ने अवसर पाए पनि उनिहरु ब्याक्तिगत स्वार्थमा लागेकोले देशको बिकास हुुन नसकेको उहाँले दाबी गर्नु भएको छ । पटक पटक सरकार चलाउन पाएको अबसरलाइ सदुुपयोग गर्न नसकेको उहाँको बुुझाइ ररहेको थियो ।
अध्यक्ष लिङ्देनले यस्ता राजनितिक दललाई फेरी पनि सत्तामा पुर्याउनु देशलाई बर्बादीको दिशातर्फ उन्मुख गराउनु भएको बताउनुभयो । स्थानीय तहको निर्वाचन नजिकिएको बताउँदै उहाँले राप्रपाका उम्मेद्वारलाई जिताउन अनुरोध समेत गर्नुभएको छ ।
केही समय अघि मात्र पास भएको एमसीसीतर्फ संकेत गर्दै अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनितिक दलका कारण अन्र्तराष्ट्रिय स्तरमा नेपालको विश्वासनियता र सम्मान गुमेको बताउँदै देशमा विदेशी शक्ति राष्ट्रहरु रणनितिक रुपमा प्रतिस्पर्धा गरिरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा बोल्दै राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले कपिलवस्तु जिल्लालाई राप्रपामय बनाउने दावि गर्नु भयो ।राप्रपाका उम्मेदवारलाई जिताएर भ्रष्टचार मुक्त देश बनाउन आगामि निर्वानमा हलो चिन्हमा मतदान गर्न समेत आग्रह गर्नु भयो ।
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक हजार बढी राप्रपामा प्रवेश गरेका छन् । नव प्रवेशी हरुलाइ स्वागत गर्दै अध्यक्ष लिङ्देनले देश र जनताको इक्षा र चाहाना विपरीत कुुनै पनि काम नगर्ने बताउँदै आफ्नो पार्टि रोजेकोलइ अब पछुताउने दिन आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष लिङ्देनसहित, महामन्त्री एवम् नेपालगंज उप–महानगरपालिका मेयर डा धवल शम्शेर राणा, वरिष्ठ नेता दिपक बोहोरा, पूर्व आईजिपी तथा पार्टीका उपाध्यक्ष ध्रुब बहादुर प्रधान, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयसहितका नेताले सम्बोधन गर्नुु भएको थियो ।