हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

५ वर्षमा स्थानिय सरकारले के-के गर्यो

५ वर्षमा स्थानिय सरकारले के-के गर्यो गरेन भनेर समीक्षा गर्ने बख्त आएको छ, त्यसको समीक्षा गरौ अनि आफ्नो मतको मापदण्ड बनाऔ! मैले सानो मोडेल प्रस्तुत गरेको छु, पढेर प्रतिक्रिया दिनुहोला…
१)शिक्षा: हरेक स्थानीय तहमा उच्च स्तरीय शैक्षिक विद्यालय छन त्यहा गुणस्तरीय शिक्षा उपलब्ध छ वा छैन?
(क) भौतिक भवन संरचना
(ख)खानेपानी
(ग)शौचालय
(घ) पठनपाठन
(ङ)प्रयोगशालाको प्रयोग
(च)मैदाने भुमी/ग्राउण्ड
(छ) टाढाबाट आउने विध्यार्थिको लागि यातायात सेवा
२)स्वास्थ्य: हरेक स्थानिय तहमा स्वास्थ्य चैकी इकाइहरु छन त्यहाको अवस्था कस्तो छ?
(क) स्वास्थ्य चौकिबाट दिने सेवा सुविधा पाउनु भएको छ वा छैन?
(ख)चिकित्सकहरुले तपाइलाइ गर्ने व्यवहार कस्तो छ?
(ग)स्वास्थ्य क्षेत्रमा कुनै अनियमितता भएको छ वा छैन?
(घ) कोभिड विरुद्धको खोप खबर गरि गरि लगाइएको छ वा छैन?
३)कृषि: कृषकहरुको सम्बन्धमा
(क) कृषिमुखी कार्यक्रम
(ख) सहुलियतता/ प्रोत्साहन
(ग) उत्पादित वस्तुको बजार र मूल्य
(घ) बिउ, मल देखि कृषि सामग्री वितरण
४) खानेपानी: विगतका खानेपानीका सम्स्या निदान भएका छन वा छैन्न?
(क) टोल गाउहरुमा खानेपानीका धारा छन वा छैन्न, थप गरिएको छ वा छैन्न.?
(ख) स्वच्छ सफा खानेपानी पिउन पाउनुभएको छ वा छैन?
५) बाटो:भौगोलिक सरचना अनुसार बाटोमा सुधार ल्याउन अलि कठिन मानिन्छ तथापी
(क) कम्तिमा १/१ वर्षको अन्तरालमा बाटो सुधार गरिएको छ वा छैन?
(ख)सधै आवातजावात गर्ने त्यहाका स्थानीय चालकहरुको धारणा के छ?
६)विद्धुत: यो पनि एउटा मापदण्डको सुचक हो।
(क) वर्षायमको समय बाहेक बारम्बर लाइन जाने गरेको त छैन?
(ख) गाउ/ टोलहरुमा फलामे पोल राखिएको छ वा छैन कि कतै लापरबाही गरिएको छ?
(ग) के कुनै त्यसतो घर परिवार छ, जो विधुत लाइन बाट बन्चित छ?
७) सुचना: यो अत्यन्तै महत्वपूर्ण कुरा हो।
(क) कुनै वार्ड, गा पा बाट पाउनेपर्ने अत्यावश्यक सुचनाहरु प्राप्त गर्नु भएको छ वा छैन? बेभसाइट लगायत तिनीहरुको सामाजिक सन्जालबाट स्वास्थ्य, कृषि, योजनाहरुको खबर पाउने कुराबाट त बन्चित हुनुहुन्न!
८) जनमुखी कार्यक्रम:त्यहा बसोबास गर्ने स्थानिय जनताको जिवनस्तर उकास्ने कार्यक्रमहरुको बारेमा के छ?
(क) सिपमुलक तालिमहरु दिएको छ वा छैन?
(ख) महिलाहरुलाइ आत्मनिर्भर बनाउने कार्यक्रम के कति गरिएको छ?
९) विशेष कार्यक्रम: यश अन्तर्गत पिछ्डिएको वर्ग, लिङ,समुदाय, विपन्न परिवार, एकल महिला, दलितहरु आदिको लागि के कस्ता कार्यक्रमहरु गरियो त?
(क) ती कार्यक्रमहरु भएका छन वा छैन्न? अर्थात स्थानिय सरकारले तिनिहरुको लागि आज सम्म तिनिहरुको अवस्था बमोजिम के के कुराहरु निशुल्क वितरण गर्यो त.?
१०) युवा कार्यक्रम: यो पनि एउटा सुचक हो।
(क) युवाहरुलाइ सिर्जनशिल र उर्जाशिल बनाउन ५ वर्षमा के के गरियो.?जस्तै खेलकुद, जिमखाना, सहभागीता इत्यादी !
११) वार्ड गा पा का सेवा: यसलाइ पनि केलाउनु पर्ने हुन्छ?
(क) स्थानीय सरकारबाट तपाइले स्वत रुपमा पाउने सेवा/ सुविधा लिदा कुनै झन्झटिलो त भएको छैन?
(ख) सबै सुविधाहरु समयमा त पाउनु भएको छ नि?
१२) प्रतिनिधिको सदव्यवहार: यो कुरामा पनि ख्याल गर्नु है।
(क) जनप्रतिनिधिले तपाइसग गर्ने व्यवहार कस्तो छ?
(ख) पक्ष/ विपक्ष भनेर त्यो दृष्टिकोण बाट हेरिएको छ वा छैन?
(ग) ५ वर्षमा तपाइसङ कस्तो आत्मिय सम्बन्ध बनाउनु भएको छ?
(घ) तपाइले म्यासेज/ फोन कलहरुबाट आफ्ना सम्स्या कत्तिको राख्न पाउनु भएको छ? फोन कलहरु नउठ्ने, कल ब्याक नहुने कतै त्यस्तो त भएको छैन अपवाद एक दुइचोटी बाहेक!
१३)विकासका आयोजना:
(क) विकासका पुर्वाधार बाहेक थप विकासका आयोजना के-के गरिएको छ वा छैन? जस्तै सिचाइको लागि कुलो/ नहर , लिफ्टिङ खानेपानी यहावत आदि!
१४) संरक्षण र सम्वर्धन:
(क) तपाइको स्थानीय तहमा भएका पुराना मठ-मन्दिर, पाटी पौवा लगायत त्यस्ता पुरातात्त्विक सम्पदाहरुको संरक्षण र मर्मत सम्भार गर्ने काम गरिएको छ वा छैन?
१५)पर्यटकिय स्थल: यो पनि आर्थिक दृष्टिकोण बाट तपाईं हाम्रा प्रतिनिधिले केही गरेका छन वा छैन्न भनेर पनि औल्याउँन पर्दछ।
(क) ५ वर्ष भित्र तपाइबसेको स्थानिय ठाउलाइ पर्यटकिय क्षेत्रमा ढाल्न सकेको अवस्था छ कि छैन? जस्तै: धार्मिक क्षेत्रबाट, साहसिक कार्यहरु गर्ने थलो, डेटिङ स्पोर्ट, भ्यु टावर इत्यादि !
१६) वाणिज्य: अहिले हरेक स्थानीय तहले सानो सानो भएपनी वाणिज्य बैकिङ सुविधा ल्याएको हुनुपर्छ, त्यसको पहुचमा हुनुहुन्छ कि नाइ?
(क) तपाइले आफ्नो आर्थिक बैकिङ कारोबार सजिलै स्थानिय इकाइबाट गर्न पाउन भएको छ?
१७) स्रोत साधनहरुको उचित प्रयोग: तपाइको स्थानीय तहमा भएका स्रोत साधनहरुको कत्तिको सदुपयोग भएको छ, त्यही अनुरुपको विकास हुन सकेको छ वा छैन?
१८) बजेट: यो एउटा महत्त्वपूर्ण विषय हो।
(क) पालिकाले स्थानीय इकाइ वार्डमा त्यसको उचित बाडफाड त गरेको छ?
(ख) त्यो बजेटको पार्दर्शिता तपाइका बहालवाला अध्ययक्षले प्रतिवेदनको रुपमा पेश गरेका छन वा छैन्न?
१९) नियुक्ती: चाहे त्यो कार्यलय भित्र होस या शिक्षा, स्वास्थ्य अन्य क्षेत्रमा होस त्यसको नियुक्तिको कुरामा कतै सकास्पद त छैन।
(क) दरबन्दी, करारमा नियुक्ति गर्दा आन्तरिक मिलिमतो छ कि सक्ष्म, योग्यले नै ठाउँ पाउन सकेका छन।
२०) कमिशन: कतै तपाइको क्षेत्रमा पनि कमिशनको खोल त छैन नि?
(क) तपाइको सजिलै हुने काममा पनि अल्झाएर कमिशन खाने नियती बोकेको कर्मचारी र प्रतिनिधि त छैन्न!
२१) प्राविधिक शिक्षा:
(क) स्थानिय तहले प्राविधिक शिक्षाको लागि कत्तिको जोड दिएको छ?जस्तै: कृषि, इन्जिनियर ….आदि। प्रदेश सरकार समक्ष प्रस्ताव राखेको छ कि नाइ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation