


कपिलवस्तु ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेनले अब पनि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाई चुनाव जिताएर देश बन्छ भन्नु साडेको टाङ्गमुनि बाल्टी थापेर दुधको आश गरे जस्तै भएको बताएका छन्।
बुधबार कपिलवस्तुमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन्। आगामी निर्वाचनमा भ्रष्ट नेतालाई भोट दिने हो भने त्यो सजाय खुकुरी र तरवार चलाएको भन्दा ठूलो हुने उनको टिप्पणी छ।
राप्रपाले ५ वर्ष मात्रै देशको नेतृत्व पाए देशको मुहार फेर्ने गरी काम गर्ने उनको दाबी छ। कांग्रेस, एमाले र माओवादी पार्टीका शीर्ष नेताहरूले देश नबनाएको टिप्पणी गरेका छन्। कांग्रेस, माओवादी र एमालेले कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर दिन नेताहरूलाई चुनौती दिएका हुन्। लिङ्देनले ३१ वर्षसम्म कांग्रेस, एमाले र माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरूलाई नै जिताएर देश बन्छ भन्नु मूर्खता भएको टिप्पणी गरे।
आफ्नो पार्टीले पाँच वर्ष मात्रै देशको नेतृत्व पाए देशको मुहार फेर्ने गरी काम गर्ने उनको दाबी छ। ‘आउने चुनावमा जानीजानी यस्ता भ्रष्ट नेताहरूलाई भोट नदिनुस् भन्न कपिलवस्तु आएको हो।
तपाईंले खुकुरी, तरबार चलाएकोभन्दा ठूलो सजाय त्यही हुन्छ। नेकपा एमाले, नेकपा माओवादी र नेपाली कांग्रेसका त्यति नै नेतालाई हामीले कति समय थपिदियो भने देश विकास हुन्छ रु शेरबहादुर देउवालाई अब कतिपटक वा कति वर्ष थपदियो भने उहाँ देश बनाउन सक्षम हुनुहन्छ रु कोही कांग्रेसको नेता हुनुहुन्छ शेरबहादुर देउवालाई अब पाँच वर्ष दिए देश बन्छ भनेर भन्न सक्नुहुन्छ अथवा केपी ओली, प्रचण्ड, उहाँहरूलाई कति वर्ष र कति कार्यकाल थपेपछि यो देश बन्छ रु’ भनेर सोध्न उनले आग्रह समेत गरे।
चुनावको नाममा भम्र फौलाउन नहुने बताउदै आफनो पाटीले बोलेर भन्दा पनि काम गरे देखाउने पाटी भएको तर्क गरे । धेरे पाटीलाइ चुनाब जिताएर हेरि सकेका नेपाली जनताले अब एक पटक राप्रपा जिताउन आवाहन गदै कपिलवस्तु जिल्ला राप्रपाको किल्ला हुने दावि समेत गरेका छन । मुलुकलाई समृद्ध बनाउन आफुले जन्ता र देश र जनतालाई शिरमा राखेर काम गर्ने समेत बताएका छन।
उक्त कार्यक्रममा महामन्त्री एवम् नेपालगंज उप–महानगरपालिका मेयर डाक्टर धवल शम्शेर राणाले भष्टचार रोक्न सके मुलुक समृद्ध हुने बताए । नेपाली जनताको सपना पूरा गर्न आफनो पाटी हरबखत लागि परेको बताउदै नेपाललाई नेपाल बनाउने बताए ।
पूर्व आईजिपी तथा पार्टीका उपाध्यक्ष ध्रुब बहादुर प्रधान, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय, राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझी ,वरिष्ठ नेता दिपक बोहोरा लगायतले कार्यक्रामा बोल्दै समाज परिवर्तन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी आवश्यक रहेको दावी गर्दै भष्टचार गर्नु भनेको नेपाल आमाको रगत पिउनु सरह भएको बताएका थिए ।
नेपाल धेरै सम्भावना बोकेको राष्ट्र भएको उल्लेख गर्दै युवाहरुलाई खाडी मुलुक होईन स्वदेशमा रोजगारी सृजन गर्न सक्नु पर्ने जिकिर गरे । आज विपि काङ्ग्रेस, नेकपा एमाले,माओवादि,जसपा,लोसपा,र जनमोर्चा परित्याग गरी हजार भन्दा बढिले पार्टी प्रवेश गरेको राप्रपा कपिलबस्तुले जनाएको छ ।
सोही आमसभामा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्ने नवप्रवेशीहरुलाई अध्यक्ष लिङ्देनले स्वागत गरेका थिए । राप्रपा जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वाणगगा नगर सचिव नवराज घिमिरे तथा जिल्ला सचिव प्रेम श।कर शुक्लले गरेका थिए ।कपिलवस्तुमा अध्यक्ष लिङ्देनको आगमनले पार्टी थप सुदृढ हुने उनले दाबी गरे ।
अध्यक्ष लिङ्देनको कपिलवस्तु आगमनलाई निकै महत्वका साथ हेरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनसंगै कपिलवस्तुमा केन्द्रिय स्तरका नेताको चहलपहल बढ्दै गएको छ ।