लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

वामदेवसँगै छाडेका पूर्वमन्त्री बोगटी २४ वर्षपछि एमालेमै फर्किए

काठमाडौँ ।

अछाम निवासी पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री मन्त्री जगतबहादुर बोगटी २४ वर्षपछि नेकपा एमालेमै फर्किएका छन्। बोगटीसहित नेकपा उनी नेतृत्वको माले ९समाजवादी० को सबै संगठन पनि एमालेमा विलय भएको हो। बोगटीसहितलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार बालकोटमा स्वागत गरे।

उनी अछाममा कम्युनिष्ट आन्दोलन अघि बढाउनेमध्येका पुराना एक नेता हुन्। अध्यक्ष बोगटीसहित १८ जना केन्द्रीय सदस्य पनि एमालेमा प्रवेश गरेका छन्। त्यसैगरी अन्य ४०० जना कार्यकर्ता पनि प्रवेश गरेको एमाले अछाम(काठमाडौं सम्पर्क मञ्चका सचिव रमेश भण्डारीले बताए।

पार्टी प्रवेश गर्दै नेता बोगटीले पुरानो घरमा फर्किन पाएएको भन्दै खुशी ब्यक्त गरे। पार्टी प्रवेश कार्यक्रममा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपा एमालेका केन्द्रीय सदस्य एवम् अछाम सहईन्चार्ज यज्ञ बोगटीसहितका नेता बालकोटमा उपस्थित थिए। बोगटी वामदेव गौतमले २०५४ मा एमालेमा विभाजन गरेपछि नेकपा मालेतिर लागेका थिए।

तर २०५८ मा नेकपा माले एमालेमा विलय भएको थियो। त्यसबेला सीपी मैनाली नेतृत्वमा अलग्गै नेकपा माले गठन भयो। बोगटी पनि मैनालीसँगै मालेतिर बसे।

बोगटी २०६३ सालमा भूमिसुधार तथा व्यवस्थामन्त्री बनेका थिए। उनले वि।सं। २०६९ मा सीपी मैनाली नेतृत्वको मालेबाट पनि अलग्गिएर माले समाजवादी पार्टी बनाएका थिए

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation