जसपाबाट मेयर पदका लागि युवा नेता रहिस शाह, कृष्ण कुमार चौधरी र सतिश गुप्ताको दाबेदारी रहेको देखिएको छ । अहिले उहाँहरु तीनै जनाले स्थानीय चुनावमा मेयर पदका लागि दाबी गर्दै आउनुभएको छ ।
यता जसपाबाट शिवराजको चौतर्फी विकासका लागि मेयर पदको टिकट युवालाई दिनुपर्ने बजारमा जोडदार चर्चा चलेको छ । यस नगरपालिकाको समृद्धि र विकासका लागि जसपाले युवा नेता मेयरको दाबेदारी हुनु आवश्यक रहेको भन्दै चौक चौराहामा चर्चा सुरु गर्न थालेका छन् ।
अहिले देशको हरेक पुर्वाधारको विकासका लागि युवालाई नजिताए विकासले कोल्टो नफेर्ने स्थानीय युवाहरुले जोड दिएका छन् । अधिकांश युवा लगायत जसपाका समर्थकले मेयरको टिकटका लागि युवा नेता रहिस शाहलाई दिनु नितान्त आवश्यक रहेको बताएका छन् ।
शाहले राजनीतिक, सामाजिक, गतिविधिहरुमा तीव्रता दिँदै आउनुभएको छ । शाहले जनताको घरदैलों पुग्दै जनताका हरेक समस्यामा खटिँदै आउनुभएको छ । उहाँले अहोरात्र जनताको सुख, दुखमा सरिक हुँदै गाउँ, नगरका जनताको अवस्था, समस्या नजिकैबाट बुझ्दै आउनुभएको छ ।
तसर्थ रहिस शाह शिवराज नगरपालिकाको मेयर पदका लागि बलियो दाबेदारका रुपमा रहेका छन् । शाह एक कर्मठ, इमान्दार र जुझारु युवा नेता भएकोले उहाँ बलियो उम्मेलवारको रुपमा देखिनुभएको छ ।
यस्तै कृष्ण कुमार चौधरी पनि मेयरको दाबेदार रहनुभएको छ । नेता तथा जनताहरुसँग जनसम्पर्क बढाउँदै जनताबीच आ–आफुलाई प्रबल प्रत्याशी रहेको साबित गर्ने कोसिसमा लागेको स्थानीयले बताउँछन् । चौधरीले गत स्थानीय चुनावमा मेयरका लागि लड्दा पराजित हुनु परेको थियो । कृष्ण कुमार चौधरी नगर प्रमुख नेत्रराज अधिकारीको प्रतिद्वन्दी हुन् । यस पटक पनि चौधरीले नै मेयरको टिकट पाउने सम्भावना बढी देखिएको स्थानीयले बताउँछन् ।
यस्तै अर्का युवा नेता सतिश गुप्ताले मेयर पदको दाबी गर्नुभएको छ । उहाँले पनि राजनैतिक, सामाजिक क्रियाकलापमा व्यस्त देखिएका छन् । टिकट पाउने आशामा गाउँघरमा सक्रियता देखाउनुभएको छ । स्थानीय गुप्ताले मेयरको टिकट पाउने प्रबल सम्भावना रहेको चर्चा बताउँछन् ।
शिवराज नगरपालिकाको मेयर पदको टिकट कसले पाउने भन्ने विषय एकिन हुन सकेको छैन । यसरी मेयरको टिकट कसले पाउँने विषयमा पार्टीले निर्णय नगर्दा अलमलमा परेका छन् ।