भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

सैन्य पदका लागि ४ हजार दरखास्त खुल्यो, खुलामै २०९८ सिट

काठमाडौं ।
जंगी अड्डाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको हो ।

खुलातर्फ २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासीरजनजाती, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै कोटा छ । जसअनुसार महिलामा ३५८, आदिवासीरजनजातीमा ५७२, मधेसीमा ५०५, दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएको छ ।

त्यस्तै, ४ हजारमध्ये ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्तरमृत्यु भएका नेपाली सैनिकका सन्ततिले उक्त कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

कक्षा ८ उत्तीर्ण भएका तथा १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका ९बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेका० उम्मेदवारले १६ वैशाखभित्र दरखास्त दिनुपर्नेछ । दोब्बर दस्तुर तिरेर २३ वैशाखसम्म दरखास्त दिन सकिने व्यवस्था कायम गरिएको छ ।

सैन्य पदका लागि शारिरीक योग्यता पनि कायम छ । पुरुषको हकमा उचाइ न्यूनतम ५ फिट ३ इन्च हुनुपर्नेछ भने छाती नफुलाइ ३२ र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ । त्यस्तै, तौल कम्तीमा ५० केजी हुनुपर्नेछ ।

महिलाको हकमा उचाइ ५ फिट कायम गरिएको छ भने तौल न्यूनतम ४० केजी हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation