वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

बर्खा र शीतलहरमा मुन्टो बटार्ने नेताहरू चुनाव आएपछि भोटका लागि सुकुमबासी फकाउँदै

झापाको दमक नगरपालिका– ७ स्थित पञ्चमुखी टोलमा स्थानीय सरकारले डोजर चलाएको एक वर्ष बितेको छ । गत चैतमा दमक नगरपालिकाले सुकुमबासी बस्तीमाथि डोजर चलाएयता पञ्चमुखी टोलका सात घर सुकुमबासी बर्खाको घामपानी र हिउँदको शीतलहर खपेर टहरामै बसेका छन् । यो एक वर्षमा कसैले पनि स्थायी समाधानका लागि चासो दिएका छैनन् ।

आफूहरूको समस्या समाधान हुन्छ कि भनेर सम्बन्धित निकायलाई झकझक्याउन पनि छाडेका छैनन्, उनीहरू । तर, समस्या भने ज्युँकात्युँ छ । करिब आठ महिना त्रिपालमुनि बसेका सुकुमबासीले अहिले नगरपालिकाले डोजर लगाएको घरबाट निस्किएको जस्ता, काठ र चित्राले बारेर अस्थायी घर बनाएका छन् । हिउँदको शीतलहर धान्न निकै मुस्किल परेपछि भत्किएको घरको जस्ता लगाएर भए पनि टहरा बनाइएको सुकुमबासी बलबहादुर विश्वकर्मा बताउँछन् ।

‘केटाकेटीसँग त्रिपालमुनि जसोतसो बर्खा बितायौँ । यो बर्खा एकदम कष्टकर भयो । कतिपय अवस्थामा त रातभर पानीले भिजेर पनि बस्यौँ,’ उनले भने, ‘तर, हिउँदको शीतलहर धान्न सकेनौँ । त्यही भएर पुराना टिन लगाएर टाउको लुकाउने ठाउँ बनायौँ ।’

डोजर चलाउनेबित्तिकै उनीहरूलाई दमक नगरपालिका वडा नम्बर १ र ७ मा नगरपालिकाले बनाएको सुकुमबासी बस्तीमा जान नगरपालिकाले दबाब दियो । तर, उनीहरूले जग्गाधनी प्रमाणपुर्जा नभएको ठाउँमा गएर फेरि सुकुमबासी नहुने अडान दोहोर्‍याए ।

उनीहरू राज्यसँग संघर्ष गरेर दुई दशकदेखि बसेको बस्तीमै टहरा बनाएर बसे । ‘हाम्रो लडाइँ व्यक्तिसँग होइन राज्यसँग हो । राज्यसँग लडेको एक वर्ष भयो । तर, यो एक वर्षमा जनप्रतिनिधिले समस्या समाधानका लागि केही गरेनन्,’ सुकुमबासी युवा मनाहाङ सुब्बा भन्छन्, ‘पटक–पटक हामी वार्ताका लागि भनेर नगरपालिका गयौँ ।

मेयरसाबले सधैँ बेवास्ता गर्नुभयो । बर्खाको वेलामा हाम्रो बिजोग सञ्चारमाध्यममा आएपछि एकपटक बस्तीमा मेयर र उपमेयर आउनुभयो । त्यसपछि कोही जनप्रतिनिधि हामीसम्म आइपुगेनन् । हामी जाँदा बेवास्ता गरे ।’

दमक नगरपालिकामा नगर प्रमुख एमालेका रोमनाथ ओली छन् । उनी एमाले अध्यक्ष केपी ओलीका नातेदार हुन् । एक वर्षअघि बस्तीमा डोजर चलाएको भए पनि अहिले भने स्थानीयस्तरका नेता पठाएर एमालेले ती सुकुमबासीलाई फकाउन थालेको छ । बस्तीमा आश्वासन दिँदै एमालेका स्थानीय नेताहरू जाने गरेको सुकुमबासी राम सम्बाहाम्फे बताउँछन् ।

‘एमालेका स्थानीय नेता गुमानसिंह तामाङ अस्ति सिरक बाँड्दै आउनुभयो । उहाँले अब उचित ठाउँमा सार्ने आश्वासन पनि दिनुभयो,’ उनी भन्छन्, ‘दमकमा एमालेकै मेयर छन् । अब हामीले कसरी पत्याउनू रु चुनाव आएपछि भोट फकाउन मात्र आएका हुन् ।’

एक वर्षअघिसम्म भूमिहीन, अहिले घरविहीन

सुकुमबासी स्थायी समाधानको पक्षमा छन् । दुई दशकदेखि बस्दै आएको जग्गालाई नगरपालिकाले आफ्नो जग्गा भन्दै सुकुमबासीले वर्षौँ दुःख गरेको घरमा डोजर चलाएपछि उनीहरू घरविहीन छन् । ‘एक वर्षअघिसम्म भूमिहीन थियौँ । अहिले घरविहीन पनि भयौँ । संविधान र कानुन हाम्रो पक्षमा छ । तर, नगरपालिकाले जबर्जस्ती हामीमाथि डोजर चलायो,’ सुकुमबासी राम सम्बाहाम्फे भन्छन्, ‘यो राज्यसँगको लडाइँ हो । हामी थाकेका छैनौँ । एक दिन हामी यो लडाइँ जितेरै छाड्छौँ ।’

बस्तीमा डोजर चलाएपछि प्रदेशको संसदीय समिति पनि पुग्यो । उसले अमानवीय र संविधानविपरीत भएको ठहर गर्‍यो । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले पनि डोजर चलेको बस्तीमा गएर निरीक्षण गरे ।

तर, वडाध्यक्ष भीम पौडेल भने एकपटक पनि बस्तीमा नआएको सम्बाहाम्फेको गुनासो छ । ‘केपी ओली सरकारमा हुँदा हामीमाथि डोजर चलाए । हाम्रा समस्या उनलाई सबै थाहा थियो । यत्रो चर्चा पनि भयो । उनले चासो नै दिएनन्,’ उनी भन्छन्, ‘भूमि आयोगका उपाध्यक्ष बस्तीमा आउँदा आस जागेको थियो । भूमि आयोगले धनीपुर्जा बाँड्दै छ रे १ कतै रिसले नगरपालिकाले हामीलाई सहयोग गर्दैन कि १’

बस्तीमा राम्रो शौचालय छैन । विगतमा भएका सबै शौचालय नगरपालिकाले भत्कायो । अहिले बोराले बेरा लगाएर दिसापिसाब गर्दै आएका छन्, उनीहरू । बस्तीका बिजुलीका तार काटिएको सुकुमबासी अनिषा विक बताउँछिन् ।

‘बिजुली काटिएको छ । राम्रो चर्पी छैन । एक वर्ष नपुगेका नानी छन् । हैजा फैलन्छ कि भन्ने डर लाग्छ,’ उनी भन्छिन्, ‘सरकारले नै हामीलाई यस्तो बिजोग अवस्थामा पुर्‍यायो । एक वर्षसम्म यतिकै छाड्यो । हामी कहाँ जाने रु के आस गर्ने रु’

बस्तीमा डोजर चलेपछि उनीहरूले धेरै रात खुला आकाशमुनि बिताए । घाम र पानीसँग जुधे । सानो टहरा बनाउँदा पनि प्रहरी आएर धम्की दिन्थ्यो । ‘सधैँ पुलिस आएर दुःख मात्र दिन्थ्यो । पख्लास् भनेर जान्थे,’ सुकुमबासी बालकुमार राई भन्छन्, ‘सानो टहरा बनायो कि भत्काउन आउँथे । हामीमाथि कुटपिट पनि गरे । कोरोनाले लकडाउन गरेको वेलामा पनि पुलिस आएर दुःख दिए ।’ तर, दसैँअघिदेखि भने बस्तीमा गएर प्रहरीले दुःख नदिएको उनी बताउँछन् ।

उनीहरूले विगतमा भन्दा केही सुरक्षित टहरा बनाएका छन् । ‘यतिको टहरा बनाउँदा त अस्ति भए पुलिसले सबै भत्काउँथ्यो । अहिले त सात घरको छुट्टा–छुट्टै टहरा बनाएका छौँ । तैपनि दुःख दिएका छैनन् ।’

स्थानीय तहको निर्वाचन नजिकिएपछि बस्तीमा प्रहरी पठाएर दुःख दिन छाडेको बालकुमार बताउँछन् । ‘चुनाव नआएको भए हामीलाई उहिल्यै यहाँबाट लखेट्थे । चुनाव आएको छ । भोट चाहिएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘त्यसकारण लखेट्न आएका छैनन् । अब चुनावपछि के गर्ने हुन् कुन्नि रु नेता त गरिबका लागि नहुने रहेछन् ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation