भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

बलात्कारको झुटा आरोप लगाउने युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय 

अछाम ।
जिल्ला अदालत अछामले बलात्कारको झुटा आरोप लगाउने एक युवतीलाई तीन वर्ष ६ महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश नवीनकुमार जोशीको इजलासले सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी १९ वर्षीया युवतीलाई उक्त सजाय सुनाएको हो ।

उक्त युवतीले गत माघ १५ गते घरमा हात माग्न आएका २० वर्षीय पुरूषले बलात्कार गरेको भन्दै सोही महिनाको १७ गते प्रहरीसमक्ष जोहरी दिएकी थिइन् । केही दिन फोनमा कुराकानी भएपछि विवाहको प्रस्ताव लिएर घरमा आउने कुरा उनीहरूबीच भएको थियो ।

सोही क्रममा घरमा पुगेका उक्त पुरूषले युवतीकी आमासमक्ष विवाहको कुराकानी गरेका थिए । सोही राति अबेरसम्म उनीहरूबीच कुराकानी भएको र किशोरीको कोठामा पुरूष पनि सुत्न गएका थिए । खाटमा बहिनीसँग सुतेकी युवतीले भुइँमा सुतेका पुरूषले तानेर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

तर, पुरूषले राति खाटबाट युवती आफै सँगै सुत्न आएको र पछि सहमतिमा यौन सम्पर्क भएको प्रहरीसमक्ष बयान दिएका थिए । त्यस्तै विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको भन्ने युवतीको बयानलाई अदालतले आधार बनाएको हो ।

योसँगै बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका उक्त पुरूषलाई सहमतिमा यौनसम्पर्क भएको तर, जबरजस्ती करणी नभएको ठहर गर्दै अदालतले सफाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation