


बुटवल।
नेपाल कम्युनिष्ट पार्टी एमाले रुपन्देहीले स्थानिय तहको निर्वाचनलाई प्रभाव पार्ने उदेश्यले गैर कानूनी तरिकाले लालपुर्जा बितरण गरिएको भन्दै आपत्ति जनाएको छ।
जिल्लाको ओमसतिया गाँउपालिका–२ करबलामा नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रामकृष्ण खांणबाट सरकारी कागजात बितरण हुनु कानून बिपरीत भएको एमालेको दावी छ।
सरकारी ओहोदामा बसेको वा जनप्रतिनिधी वा कुनै सार्वजनिक पद धारण गरेको ब्यक्तिले मात्र बितरण गर्न पाउने उक्त सरकारी कागजात राजिनितीक पार्टीका नेतालाई प्रयोग गरेर बितरण गरिएको प्रति एमालेले बिज्ञप्ती जारी गरेर आपत्ति जनाएको हो।
एमालेले रामकृष्ण खांण नेपाली काग्रेसको सभापती बाहेक बर्तमान कुनै सार्वजनिक पद धारण गरेको ब्यक्ती पनि होईन, उहां कुनै बेलाको जनप्रतिनिधी पनि होईन, सरकारी कार्यालयको कर्मचारी पनि होईन वहाले कसरी भुमिहिनका लालपुर्जा लगेर बितरण गर्नु भयो यो गम्भिर बिषय हो एमाले रुपन्देहीका प्रचार बिभाग प्रमुख हितराज पन्थीले भने।
लालपुर्जा बिहिनले लालपुर्जा पाउनु पर्छ तर बिधि सम्वत तरिकाले दिनुपर्छ, तर निर्वाचनको मुखमा मतदातालाई प्रभावित पार्ने उदेश्यले सरकारी कार्यालयको मिलोमतोमा यो काम भएको छ यस प्रति एमालेको गम्भिर आपत्ती छ पन्थीले थपे ।
नेपाली कांग्रेस रुपन्देहीका सभापती रामकृष्ण खांणले बुधवार ओम सतिया गाउपालिका वडा नं २ करबलाका २४ घरधुरी लालपुर्जा बिहिनहरुलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा ९लाल पुर्जा० वितरण गरेका थिए।
नापी कार्यालय रुपन्देहीका प्रमुख कृष्ण प्रसाद सापकोटाले लालपुर्जा बितरणको बिषय आफुले पनि सुनेको तर बास्तविक कुरा केहो भन्ने बुझ्न बांकी रहेको बताए।
मैले पनि भर्खरै यस्तो सुचना पाए केकसी भएको हो जानकारी लिदैछु थप केही भन्न सकिन सापकोटाले भने।
ओमसतिया गांउ पालिका वडा नं २ का अध्यक्ष ग्यानेश श्रेष्ठले नापी कार्यालयले उपलब्ध गराएका लालपुर्जा कांग्रेस सभापतीलाई प्रमुख अतिथीको रुपमा निम्त्याएर बितरण गरेको बताए।