


गुल्मी ।
गुल्मीमा अक्सिजन प्लाण्ट उद्घाटन गरिएको छ। पत्रकार महासंघको अभियान र नेपाल सरकारको संयुक्त लगानीमा निर्मित प्लाण्टको पूर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले बिहीबार उद्घाटन गरेका हुन्।
सो अवसरमा उपमहासचिव ज्ञवालीले तत्कालिन केपी ओली नेतृत्वको सरकारले देशमा स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण, स्वास्थ्य बिमा र सरकारी मेडिकल संचालन गरेर जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण कामहरु गरेको बताए। तिव्र कोभिड संक्रमण र अक्सिजनको अभाव भइरहेका बेला पत्रकार महासंघ गुल्मीले अभियान संचालन गरी सरकारी क्षेत्रसंगको समन्वयमा प्लाण्ट संचालन गरेर देशमै उदाहरणीय काम गरेको ज्ञवालीले बताए।
जिल्लामा कोभिड–१९ को कारण अक्सिजन अभावले बिरामीको ज्यान जान थालेपछि ०७८ बैशाख अन्तिम साताबाट पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन प्लाण्ट अभियान’बाट प्लान्ट निर्माण भएको हो।