दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

पीएनजी लाई ३७ रनले हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा

काठमाण्डौ ।

नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा आज बिहीवार भएको खेलमा पपुवा न्युगिनी पीएनजी लाई ३७ रनले हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको छ ।

नेपालले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर चार बलमा एक सय ६६ रनमा आलआउट भयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनायो ।

यस्तै आजको खेलमा करण केसीले कीर्तिमान बनाएका छन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो नेपाली खेलाडी बनेका छन् । २० औँ ओभरमा बलिङ गर्न आएका करणले ओभरको दोस्रो, तेस्रो र चौथौ बलमा लगातार विकेट लिएर ह्याट्रिक पूरा गरेका हुन् ।

लगातार तेस्रो जितसँगै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको हो । नेपालले यसअघि पहिलो खेलमा पीएनजीलाई नै र दोस्रो खेलमा मलेसियालाई हराएको थियो । अब नेपालले पर्सि शनिवार मलेसियासँग खेल्नेछ । फाइनल खेल भने आउँदो सोमवार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation