हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

एमाले अध्यक्ष ओलीलाई हेर्न जुम्लामा कहाँबाट आए यति धेरै मान्छे

जुम्ला ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०७५ साल वैशाख १ गते जुम्लाको सदरमुकामा खलंगा पुग्नुभएको थियो । करीब एक घण्टाका लागि जुम्ला पुग्नु भएका ओलीलाई त्यतीबेला आम जुम्लीले हेर्न पाएनन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट उद्ध्घाटन गर्न पुग्नु भएका ओली केहीबेर मै जुम्लाबाट फर्किनुभयो । तर ओलीलाई नजिकबाट हेर्न जुम्ली चाहना उतिकै ताजै थियो । ओलीले २०७६ सालमा नै जुम्ला जाने योजना बनाए पनि कोरोनाका कारण सम्भव भएन ।

यसबीचमा ओलीलाई सर्वोच्चको परमादेशले प्रधानमन्त्रीबाट हटायो । तर ओली क्रेज जुम्लामा घटेन । कर्णालीमा नेकपा एस को ठूलो प्रभाव परेको र एमालेलाई धेरै क्षति भएको जिल्ला भनेर कहलिएको जुम्लालाई त्यो भनाइलाई मिथ्या सावित गरिदिएको छ ।

कार्यक्रममा अध्यक्ष ओलीले विप्लव माओवादीका राज्य समिती सदस्य राम प्रसाद शर्मा र नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र क का क्षेत्रीय सभापति दानसिंह खत्रीलाई एमाले प्रवेश गराएपछि जुम्लीहरु स्थानीय तहको निर्वाचनमा एमालेको झण्डा पहराउन सहज भएको भन्दै खुशीले नाचेका छन् ।

ओलीलाई हेर्न यति दुईतीन दिनसम्म हिडेर मान्छे सिंजाको नाराकोटमा भेला भएकाहरु भन्दैथिएस् कहाँबाट आए यति धेरै मान्छेहरु केपी ओली हेर्न भनेपछि मान्छेहरु भात पानी छोडेरै आउँदा रहेछन् ।

सिंजाको नाराकोट पाखामा मानिसहरुको अपार भिड देखेर एकले अर्कालाई देख्दा कार्यक्रममा आएकाहरु हौसिएका थिए । उनीहरुको एउटै मत छस् ओलीले जुम्ला टेकेपछि एमाले बौरियो । अबको निर्वाचनमा गठबन्धनले एमालेको उभारलाई छेक्न सक्दैन ।

त्यही कार्यक्रममा अध्यक्ष ओलीले विप्लव माओवादीका राज्य समिती सदस्य राम प्रसाद शर्मा र नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र क का क्षेत्रीय सभापति दानसिंह खत्रीलाई एमाले प्रवेश गराएपछि जुम्लीहरु स्थानीय तहको निर्वाचनमा एमालेको झण्डा पहराउन सहज भएको भन्दै खुशीले नाचेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation