वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

सुुनपसले लाइ लुुट्न खोज्ने कृष्णनगरका एक लुटेरा रुपन्देहीबाट पक्राउ

रुपन्देही ।
सैना मैनाको सुनपसलमा संचालकलाई कुटपीट गरेर सुन लुट्न गएका कपिलवस्तु कृष्णनगरका एक लुटेरा पक्राउ परेका छन ।भने अन्य १ जना फरार भएका छन् ।

अज्ञात समुहद्धारा सैनामैनाको एक सुनचाँदी पसलमा हमला भएको हो ।हिजो साँझ करिब ६ः३० बजेको समयमा सैनामैना वडा न १,रानवगिया स्थित बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा लुट्न छिरेका अज्ञात समुहले फलामको घन९ह्म्बर०ले टाउँकोमा प्रहार गर्दा सुनचाँदी सञ्चालक घाइते भएका छन् । घाइते हुनेमा सो ठाँउ बस्ने अन्दाजी वर्ष ३५का गणेश हमाल रहेका हुन् । घाइते हमलालाई उपचारका लागी बुटवल पठाइएको छ ।

लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटरसाइलकामा आएका अज्ञात समुहले सो पसलबाट गरगहना लुटने दाउमा रहेको खुलेको छ । हमला गरे संगै ति लुटेरा भाग्ने अवस्थामा थिए तर स्थानीयले एक पुरुषलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय रन्यौरालाई जिम्मा लगाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको पुरुषको ब्यागबाट एक थान नक्कली पेस्तोल,धारिलो चक्कु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।उपरिक्षक रेग्मीका अनुसार पक्राउ पर्ने कपिलबस्तु जिल्ला कृष्णनगर वडा न।३ बस्ने वर्ष ३८ का अब्दुल्ला शाह रहेका छन् । ति लुटेराहरुले सुनियोजित रुपमा सुनचाँदी लुट्ने योजना रहेको बताउदै एसपि रेग्मीले फरार अर्का एक पुरुषको खोजीकार्य भइरहेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation