हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

नि:शुल्क आँखा शिविरबाट पाँच सय बढी लाभान्वित

राम अवतार चाैधरी
कपिलवस्तु,

शिवराज नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष टेकलाल सापकोटाले आँखा जस्तो संम्वेदनशिल अंगको नि:शुल्क चेकजाँच तथा औषधी उपचारको व्यवस्था आवश्यक रहेकाे बताएका छन् । जिल्लाको शिवराज-३, खरेन्द्रपुर स्वर्गद्वारी आश्रममा आयाेजित शिविर कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।

वडाध्यक्ष सापकोटाले सामाजिक कार्यलाई प्राथमिकता दिँदै विपन्न तथा असहायलाई यस शिविरले उल्लेखनीय याेगदान गर्ने बताए । मानव शरीरको महत्त्वपूर्ण अंगलाई मध्यनजर गर्दै आयाेजना गरेकाे क्लबलाई धन्यवाद समेत उनले दिए । प्रायः आर्थिक अवस्था कमजाेर भएकालाई बढी लाभदायक भएकाे बताउँदै गाउँघरमै नि:शुल्क परीक्षण तथा उपचारकाे लागि आफूले क्लबलाई आर्थिक व्यवस्थापनमा सहयाेग गरेकाेले थप प्रभावकारी भएको सापकोटाकाे भनाई छ ।

यसैबीच कार्यक्रलाई सम्बोधन गर्दै बुटवल लायन्स आँखा अस्पतालका क्याम्प इन्चार्ज अखलेस यावदले शिविरमा सहभागी सेवाग्राहीलाई आँखाका रोगीहरुको चैत १८ गते दिउसो ३ बजे सम्म नि:शुल्क औषधी उपचार तथा अप्रेशनको व्यवस्था गरिएको बताए ।

लायन्स क्लव अफ शिवराजको आयोजना तथा बुटवल लायन्स आँखा अस्पतालको प्राधिविक सहयोगमा बिहीबार भएकाे शिविरबाट ५ सय १० जना आँखाका बिरामीहरु लाभान्वित भएकाे क्लबले जनाएको छ ।

विभिन्न सामाजिक क्षेत्रमा अग्रसर लायन्स रहेको क्लवले आयोजना गरेको कार्यक्रममा स्थानीय ५ सय बढीले सेवा लिएका छन् । जसमध्ये ४८ जनालाई मोतियाविन्दुको अप्रेशनका लागि बुटवल रिफर गरिएको क्लवका अध्यक्ष कमल पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation