चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने                
समाचार :

एहेशान खान : सरकारले संविधानले र्दिको अधिकार प्रयोग गर्न सकेन

कपिलवस्तु ।
कपिलवस्तुको विजयनगरमा बहुजन शक्ति पार्टीको पार्टी प्रवेश तथा कार्यक्रता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम लाई सम्बोधन गर्दै बहुजनशक्ति पार्टीका जिल्ला अध्यक्ष एहेसान खानले संविधानले दिएको अधिकार समेत कार्यान्वयन गर्न सरकार असफल बनेको बताए ।

उनले पूर्ण समानुपातिक व्यवस्था, दलित तथा पिछडिएका समुदायको अधिकार स्थापित नभए ठूलो विद्रोह हुने बताए । नेपालका राजनितिक पार्टिहरूले नेपालका दलित, जनजाति, मुस्लिम, मधेशि जनताको पक्षमा काम नगरेको बताउदै त्यसको विकल्पमा बहुजन शक्ति पार्टि आएको बताए । उनले उत्पिडित, जनजाति, आदिवासि, मुस्लिमहरूहरूले अब भोट हाल्दा सोचेर हाल्नु पर्ने बताए ।

त्यसै कार्यक्रम लाई सम्बोधन गर्दै बहुजनशक्ति पार्टीका केन्द्रीय सदस्य गौरि संकर हरिजनले अब आउने चुनावमा तराई मधेशका दलित समुदायले सोच विचार गरेर मात्रै मत दिन अपिल गरे । अब आउने निर्वाचनमा आफ्नो समुदायको व्यक्ति छनौट गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा बहुजन शक्तिपार्टीका लुम्बिनी प्रदेश सचिव शतिस निगमले नितिगत शोषण अन्त्य गर्नका लागि अब जनता सचेत हुने दिन आएको बताए । उनले दलित तथा जनजाती, मधेशि उत्पिडितहरू शोषित भएकाले समानताका लागि लडनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका अध्यक्ष गुरु प्रसाद चौधरीले पार्टी लाई थप मजबुत बनाउनु पर्ने बताए। निर्वाचनमा सफलता लिनको लागि रणनीति योजना सहित सबैको मन जित्न सके ठूलो उपलब्धि हुन सक्ने दाबि गरे ।

त्यसै कार्यक्रम सम्बोधन गर्दै जनता समाजवादी पार्टी परित्याग गरी आएकि सिता देवि यादवले गरिब र सर्वहारा वर्गको पक्षमा बकालत तथा पैरवि गरेकाले सधैं गरिबहरुको पझमा बहुजनशक्ति पार्टी रहेको बताइन । हामि सबै बहुजन एक हौ , हामिले जबसम्म अन्य पार्टी मा दलित मधेसी समावेशी गर्छौ तब सम्म हामी आफ्नो पार्टी कार्यकर्ता लाई जिताउन सक्नौ र हामी अरु पार्टी समावेश नगरौं हामी सबै एक हौं बताए कि छन् ।

कार्यक्रममा सिता देवि यादवको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी ४५ जना नेता कार्यकर्ता बहुजनशक्ति पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रममा बाबुराम कोरि , बाबुराम वैधको सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य अलाउद्दीन दर्जिले राख्नु भएको थियो भने
कार्यक्रम राजकुमार यादव ले संचालन गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation