भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

फैजल खानलेले मायादेवी गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिने

कपिलवस्तु ।
नेकपा एकीकृत समाजवादी कपिलवस्तुले मायादेवी गाउँपालिकाको अध्यक्षमा फैजल खानलाई उम्मेदवा रबनाउने भएको छ । पार्टीका जिल्ला सचिवालय सदस्य समेत रहनु भएका खानलाई मायादेवी गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनाउने तयारी समाजवादीले गरेको हो ।

गएको प्रदेश निर्वाचनमा प्रतिनिधि सभा १ को प्रदेश सभा ख मा बामगठबन्धनबाट साझा उम्मेदवार समेत रहनु भएका खान यस क्षेत्रका चर्चित युवा नेता हुनुहुन्छ । पुर्व नेपाली राष्ट्रिय कृकेटर समेत रहनु भएका खान पार्टी बिभाजन पछि आफू तिर तान्न एमालेले विभिन्न प्रयास गरे पनि दृढ भई समाजवादीमा उभिनु भएको थियो ।

बिहीबार गाउँपालिकाको केन्द्र पकडीमा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य क्षेत्र बहादुर खत्रीले लोकप्रिय नेता खानलाई गाउँपालिकाको अध्यक्षमा खडा गर्ने बताउनुभयो । जनता र पार्टी कार्यकर्ताको चाहना अनुसार खानलाई अध्यक्षको उम्मेदवार बनाउने पार्टीको योजना रहेको भन्दै यसपालि चुनावमा जिताएर देखाउन आग्रह गर्नु भयो । जिल्लामा पनि गठबन्धनको सम्भावना रहेको भन्दै नेता खत्रीले मायादेवीमा पार्टीको पकड बलियो रहेकाले यहाँ समाजवादीलाई छाड्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै पार्टी जिल्ला अध्यक्ष लंका बहादुर हमालले मायादेवीमा एकीकृत समाजवादी प्रति नागरिकको बिश्वास बढेको भन्दै यसले चुनाव जित्ने सम्भावना बढाएको बताउनुभयो ।

पार्टीका युवा नेता फैजल सबै बिच लोकप्रिय रहेको भन्दै मायादेवीको मुहार फेर्नका लागि कलममा भोट दिनुको विकल्प नभएको बताउनुभयो । आफुहरु समाजवाद स्थापनाका लागि पार्टी निर्माणमा जुटेको भन्दै जनताको बिश्वास पाउनेमा अध्यक्ष हमालले बिश्वास व्यक्त गर्नुभयो पार्टीका गाउँपालिका अध्यक्ष राम नरेश कोहारको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न नेताहरुको उपस्थिति रहेको थियो ।

गत हप्ता सम्पन्न जिल्ला सचिवालय बैठकले कपिलवस्तुका सबै पालिकामा पार्टी कार्यालय सन्चालन गर्ने निर्णय गरे अनुसार बिहीबार मायादेवी गाउँपालिकामा पनि कार्यालय संचालनमा आएको हो । यस भन्दा अगाडी शुद्धोधन गाउँपालिकामा एकीकृत समाजवादीले पार्टी कार्यालय स्थापना गरि चुनावी अभियान थालेको थियो ।

प्रतिनिधि सभा १ मा पर्ने शुद्धोधन र मायादेवी गाउँपालिकामा एकीकृत समाजवादी एमाले भन्दा ठुलो रहेको नेताहरूको दावी छ । यहाँ ०७० सालमा भएको दोश्रो संविधान सभाको निर्वाचनका एमाले उम्मेदवार अजिजुर रहमान शेख पनि एकीकृत समाजवादीमा हुनुहुन्छ भने गएको प्रदेश सभाको चुनावका उम्मेदवार फैजल खान पनि समाजवादी मै रहनुभएको छ । यी दुई प्रभावशाली नेता समाजवादीमा लागे पछि शुद्धोधन र मायादेवी एमालेको भन्दा राम्रो प्रभाव क्षेत्र हुन पुगेको नेताहरूको दावी छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation