


बुटवल ।
पाल्पाको तिनाउ गाउँपालिका १ कचलमा बालिका बलात्कारको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
स्थानीय ४८ वर्षीय कोसल बहादुर हिस्कीलाई विहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बुधबार राती बालिका सुतिरहेको अवस्थामा आरोपित पुरुषले १२ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेका थिए ।