


बुटवल ।
रुपन्देहीको तिलोत्तमा कारले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् । विहीबार राति बुटवलबाट भैरहवा जाँदै गरेको बा १० च ५६७६ नम्बरको कारले सोही दिशा तर्फ गइरहेको लु १२ प १०९९ नम्बरको मोटरसाइकलाई तिलोत्तमा–१० भलवारीमा ठक्कर दिएको थियो ।
मोटरसाइकललाई ठक्कर दिएर अनियन्त्रि भएको कारले सडक बीचमा रहेको विद्युतको पोलमा ठोक्किन पुगेको थियो । दुर्घटनाबाट कारका चालक काठमाडौँ महानगरपालिका–१४ का २२ वर्षिय शिवम नडरिया र कारमा सवार तिलोत्तमा नगरपालिका–३ जानकीनगरका २४ वर्षीय प्रज्वल अग्रवाल घाइते भएको मंगलापुर ट्राफिक प्रहरी कार्यालयका सई विष्णु जिसीले जानकारी दिए ।
यस्तै मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका–७ भलवारीका ४२ वर्षीय अनिल चौहान घाइते भएको सई जिसीले बताए । घाइते सबैको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको सई जिसीले जानकारी दिए ।