वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

छड्के मिडिया प्रा . लि. काे भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न

गुल्मी । छड्के मिडिया प्रालिले २०७९ सालको भित्तेपात्रो बिमोचन गरेको छ । छड्के मिडिया प्रालि द्धारा सञ्चालित छड्के न्यूज डटकमले प्रकाशन गरेको भित्तेपात्रो रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बिमोचन गरेका हुन् ।
पात्रो बिमोचन गर्दै नगरप्रमुख भुसालले समाज विकासमा संचारमाध्यमको महत्वपुर्ण भुमिका रहने उल्लेख गरे । पछिल्लो समयमा छापा मिडिया भन्दा पनि अनलाइन मिडियाले निकै फडको मारेको बताए ।
उनले धेरै अनलाइन मिडियाहरु खुलीरहेकाले विश्वसनीय माथी घटदै गएको बताए । अनलाइन मिडियाले समाचार राख्ने क्रममा कतिपयले झुटो र भ्रामक समाचारहरु पनि सम्प्रेषण गर्ने भएकाले त्यस तर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
यस मिडिया प्रालिले आम नागरिकको सत्य तथ्य समाचार सम्प्रेसरणमा ध्यान दिनुपर्नेमा जोड दिए । सञ्चार क्षेत्र निकै महत्वपूर्ण क्षेत्र भएकाले सहि सत्य तथ्य समाचार आम नागरिक सामु पुर्याउनु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल आर्यालले छापा मिडिया भन्दा अनलाइन मिडिया प्रभावकारी बन्दै गएकाले सत्य तथ्य समाचार सम्प्रेषण गर्न जोड दिए । छड्के न्यूज डटकमले एक वर्ष यता गुल्मी जिल्ला र देश भरका समाचारहरु सम्प्रेषण गर्दै आएको सञ्चालक समितिका अध्यक्ष मनोज कार्कीले बताए ।
‘खोज पत्रकारिताको नयाँ अभ्यास’ भन्ने नारा बोकेको छड्के न्यूज डटकमले स्थापनाको छोटो अवधीमा धेरै पाठक माझ लोकप्रिय बन्दै गएको उल्लेख गरे । ग्रामीण वस्तीमा आवाज बिहिन नागरिकहरुको आवाजसँगै विकास निर्माणमा खबदारी यस मिडियाले गर्दै आएको कार्कीले बताए ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिनी, लगायत जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार अनिश पन्थीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation