भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

भोलिदेखि पेट्रोलियम पदार्थको लोड अनलोड ठप्प पार्ने व्यवसायीको चेतावनी

काठमाडौं ।
राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि अत्यावश्यक पेट्रोलियम पदार्थको लोड अनलोड ठप्प पारेको छ। निगमले आफ्नो घाटा कम गर्न पेट्रोलियम पदार्थको भाउ बढेअनुसार तत्काललाई बिक्रेता कमिसन नबढाउने निर्णय गरेपछि व्यवसायीले पेट्रोलियम पदार्थको लोड अनलोड ठप्प पारेको हो।

सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए। ‘हामीले गर्दा घाटा लागेको होइन। सरकारले हाम्रो कमिसन मूल्य बढेअनुसार बढाउनु पर्छ,’ उनले भने।

सरकारले गत वर्षदेखि पेट्रोल र डिजेल बिक्री गर्ने पम्पले प्रतिशतका आधारमा कमिसन पाउने व्यवस्था गरेको थियो। पेट्रोल, डिजेलको मूल्य बढ्दा व्यवसायीको कमिसन पनि बढ्थ्यो, मूल्य घट्दा कमिसन पनि घट्थ्यो।

निगम सञ्चालक समितिको फागुन १९ गते बसेको बैठकले व्यवसयीले नयाँ मूल्यअनुसारको अतिरिक्त कमिसन नदिने निर्णय गरेको हो। व्यवसायीले डिलर कमिसन फागुन ७ कै मूल्यका आधारमा दिँदै आएको छ।

बिक्रेतालाई कमिसन नथप्ने विषयमा सरकारले व्यवसायीसँग छलफल गरेर मात्रै अगाडि बढ्नुपर्ने एसोसिएसनका अध्यक्ष लिलेन्द्रले बताए। ‘हामीले पाउने अधिकार कटौती गर्न सरकारले हामीसँग छलफल गर्नु पर्थ्यो,’ प्रधानले भने।

सरकारले लागू गरेको व्यवस्थाअनुसार आफूहरूले पाउँदै आएको सुविधा जुनसुकै हालतमा पाउन पर्ने उनले बताए। पेट्रोलियम पदार्थको मूल्य घट्दा घटाउने, बढ्दा बढाउने हो भने निगम घाटामा नजाने उनको तर्क छ।

ग्यास, पेट्रोल तथा ढुवानी व्यवसायीले संयुक्त रूपमा इन्धन ढुवानी भाडा बढाउनु पर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायतका माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका छन्।

समस्या समाधानका लागि व्यवसायीसँग समय माग्दा नदिएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए। ‘हामीले तीनवटै संस्थालाई जेठ मसान्तसम्मको समय मागेका छौं। उनीहरूले दिएका छैनन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation