


अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्कमा सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्बन्धी ३ दिने तालिम हुने भएको छ । कर्मचारी मिलन केन्द्रको आयोजनामा यहि चैत्र २१, २२ र २३ गते सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम हुने भएको हो ।
तालिम ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको सहजीकरणमा हरेक दिन विहान ७ देखि ८: ३० बजेसम्म संचालन हुनेछ । यस्तै तालिमका बारेमा कुनै जानकारी लिन परेमा वा तालिममा सहभागी हुन चाहेमा जिल्लाका कर्मचारीले कार्यालय मार्फत ९८४१२३१३८१ मा संपर्क गर्न सकिने समेत बताइएको छ ।