हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

रक्षा राज्यमन्त्रीद्वारा नयाँ दिल्लीमा प्रधानमन्त्री देउवालाई स्वागत

काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणका लागि आज शुक्रवार दिउँसो नयाँ दिल्ली पुग्नुभएको छ । उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, भारतको बाह्य मामिला मन्त्रालय र दिल्लीमा रहेको नेपाली दूतावासका उच्च अधिकृतहरूले स्वागत गर्नुभएको थियो ।

आजै प्रधानमन्त्री देउवासँग भारतका बाह्य मामिला मन्त्री एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने उहाँ भारतीय जनता पार्टी ९भाजपा० को प्रधान कार्यालय पुगेर भाजपा नेताहरूसँग समसामयिक विषयमा विचाररविमर्श गर्नुहुनेछ । भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले आज बेलुकी नै नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनुहुनेछ ।

यस्तै भोलि शनिवार भारतका प्रधानमन्त्रीको कार्यालय हैदराबाद हाउसमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने छ भने प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेल सेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन एक सय ३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यरदृश्यका माध्यमबाट जानकारी लिनुहुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation